१६ बैशाख २०८१, आईतवार
१६ बैशाख २०८१, आईतवार
अफगानिस्तानको अर्को  जित, पाकिस्तान पनि स्तब्ध
अफगानिस्तानको अर्को  जित, पाकिस्तान पनि स्तब्ध
  • paschimpatra

काठमाडौं । विश्वकप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानमाथि ८ विकेटको जित हात पारेको छ ।

इंल्याण्डलाई स्तब्ध बनाएको अफगानिस्तानले सोमबार पाकिस्तानमाथि ओडीआई क्रिकेटमै पहिलो जित हात पारेको हो । यसअघि सात खेलमा अफगानिस्तान हारेको थियो । दुई पटक त जित नजिक पुगेर पनि चुकेको थियो ।

सोमबार भारतको चेन्नईमा पाकिस्तानले दिएको २८३ रनको लक्ष्य इब्राहिम जादरानको ८७ रनको मद्दतमा अन्तिम ६ बल खेल्नुअघि २ विकेट गुमाएर भेट्टायो ।

उसको सुरुवात निकै राम्रो रह्यो । पहिलो विकेटका लागि जादरान र रमानुल्लाह गुर्बाजले १३० रनको साझेदारी गरे । गुर्बाज ६५ रनमा आउट भए । जादरानले दोस्रो विकेटका लागि रहमत शाहसँग ६० रनको साझेदारी गरे र ८७ रनमा पभेलियन फर्किए ।

बाँकी पारी रहमत र कप्तान हशमतुल्लाह शाहिदीले खेले र अफगानिस्तानलाई महत्वपूर्ण जित दिलाए । तेस्रो विकेटका लागि अविजित ९६ रनको साझेदारी गरेका शाह ७७ र शाहिदी ४८ रनमा अविजित रहे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८२ रन बनाएको थियो । उसका लागि कप्तान बाबर आजमले सर्वाधिक ७४ रन बनाए भने अब्दुल्ला शफीकीले ५८ रन जोडेका थिए ।

अफगानिस्तानका नूर अहमदले ३ तथा नवीन उल हकले २ विकेट लिएका थिए ।

यसअघि जारी विश्वकपमा अफगानिस्तानले डिफेण्डिङ च्याम्पियन इंग्ल्याण्डलाई ६९ रनले हराएको थियो । सनसनीपूर्ण दुई जितबाट ४ अंक जोडेको अफगानिस्तान अंक तालिकाको छैटौं स्थानमा छ ।

  • ७ कार्तिक २०८०, मंगलवार प्रकाशित
  • Nabintech