४ साउन काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा अहिराज पक्राउ परेका छन् । झा लाई भद्रकाली आसपासबाट आइतबार विहान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।काठमाडौंका जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए ।बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौं प्रहरीले उनीमाथि अनुसन्धान थालेको थियो ।जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध माघ ३ गते नै दर्ता भएको थियो ।अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेस प्रदेश प्रमुख थिए ।जाहेरी दर्तालगत्तै भागेर भारत गएका उनी केही हप्तादेखि काठमाडौंमै लुकेर बसेको सूचनाका आधारमा उनको खोजी गरिएको थियो ।आजै उनको म्याद थपिएको छ । अदालतले उनलाई अनुसन्धानका लागि ५ दिनको म्याद दिएको जिल्ला प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले बताए ।
पीडितलाई अहिराजले १७ वर्षको उमेरदेखि यौन शोषण गरेको जाहेरीमा उल्लेख छ । उनी मधेसीमूलकी युवती हुन् । काठमाडौंमा घरायसी कामको सहयोगीका रुपमा ल्याएर पठनपाठनको जिम्मा लिएका अहिराजले १७ वर्षको उमेरदेखि विभिन्न प्रलोभनमा पारेर यौन सम्पर्क गरेको पीडितको दाबी छ ।