६ श्रावण २०८२, सोमबार
६ श्रावण २०८२, सोमबार
मेयरका स्वकीयले हाकिमलाई मुक्का हाने
मेयरका स्वकीयले हाकिमलाई मुक्का हाने
  • न्युज डेस्क

५ साउन कैलाली । कैलालीमा नगरपालिकाका स्वकीय सचिवले प्रमुख प्रशासकिय अधिकृतलाई मुक्का प्रहार गरेका छन।कैलालीको गौरीगंगा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत धर्मानन्द जोशीले अपशब्द प्रयोग गरेपछि नगरप्रमुख देवीदत्त कँडेलका स्वकीय सचिव उमेश जोशीले मुक्का प्रहार गरेका हुन ।

नगर प्रमुखको कार्यकक्षमा बसेको बैठकमा कार्यालय सहयोगी मार्फत तीन चार पटकसम्म प्रमुख प्रशाकीय अधिकृत जोशीलाई बोलाउन पठाउँदा नआएपछि नगर प्रमुख कँडेलले आफ्ना स्वकीय सचिव उमेश जोशीलाई कार्यलय प्रमुखलाई बोलाउन पठाउनुभएको थियो ।स्वकीय सचिव जोशीले नगर प्रमुखको कार्य कक्षमा बैठक बसेकोले मेयरसापले बोलाउनु भएको छ भन्दै खवर गरेपछि प्रमुखप्रशाकीय अधिकृतले झर्किदै लेख्न नमिल्ने शब्द बोल्दै अपशब्द प्रयोग गरेपछि स्वकीयले मुक्का प्रहार गरेका थिए । स्वकीय जोशीको मुक्का प्रहारबाट कार्यलय प्रमुख जोशीको मुखमा चोट लागेको छ ।

  • ६ श्रावण २०८२, सोमबार प्रकाशित
  • Nabintech