१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
जाजरकोट महोत्सव भलिबलको उपाधी मुनलाइट डिजिटल प्रेसलाई
जाजरकोट महोत्सव भलिबलको उपाधी मुनलाइट डिजिटल प्रेसलाई
  • paschimpatra

जाजरकाेट । जाजरकोट खलंगामा आयोजित दुई लाख राशीको पुरुष भलिबलको उपाधी मुनलाईट डिजिटल प्रेस तथा प्राप्ती सप्लायर्सले जितेको छ ।

जाजरकोट उद्योग बाणिज्य संघको आयोजनामा भैरहेको चौथो जाजरकोट महोत्सवको अवसरमा सन्चालन गरिएको जिल्लामा हाल सम्मकै सर्वाधिक राशीको पुरुष भलिवलको उपाधी मुनलाइटले हात पारेको हो ।

शनिवार भएको फाइनल खेलमा केसी आयल स्टोर नलगाडलाई ३–१ सेटले हराउँदै उपाधी उचालेको हो ।

वेस्ट अफ फाइभको खेलमा पहिलो खेल नलगाडले जितेको थियो । त्यसपछिका तीन खेल लगातार जितेर मुनलाईटले प्रथम स्थान हासिल गरेको हो ।

भलिबल खेलमा २५–२३, २३–२५, २६–२८ र २१–२५ अंकले मुनलाईटले जित निकालेको हो । प्रथम हुने टिमले दुई लाख ५ हजार पाँच सय ५५ रुपैया पुरस्कार प्राप्त गर्ने छ भने द्धितिय हुने टिमले एक लाख २५ हजार पाँच सय ५५ रुपैया पुरस्कार पाउने भएको भलिबल खेल संचालन समितिका संयोजक रमेश चन्दले बताए ।

शनिवार नै भएको खेलमा तेस्रो स्थान आर.आर गौतम कन्ट्रक्सन नलगाडले जितेको छ । चन्दनाथ गण जाजरकोट (नेपाली सेना)लाई पराजित गदै आरआर तृतिय भएको हो । ३–१ को सेटले आरआरले जित निकालेको हो । २५–२३, २२–२५, २८–२६, २५–२१ अंकले जित निकालेको आरआरले ५० हजार पाँच सय ५५ रुपैया पुरस्कार पाउने भएको छ । पु

११ गते देखि सुरु भएको भलिबल खेलमा ८ टीमको सहभागीता रहेको थियो । विजेता टिमलाई आइतवार महोत्सव समापनका अवसरमा पुरस्कार प्रदान गरिने जाजरकोट उद्योग बाणिज्य संघका अध्यक्ष रमेश केसीले बताए ।

  • १६ पुष २०७९, शनिबार प्रकाशित
  • Nabintech