१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
यू–२० साफ महिला च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल बङ्लादेशसँग खेल्दै
यू–२० साफ महिला च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल बङ्लादेशसँग खेल्दै
  • paschimpatra

काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिपको उपाधिका लागि नेपालले आज घरेलु टोली बंगलादेशसँग खेल्दैछ ।

बिहीबार ढाकास्थित बीएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे खेल हुनेछ । यो खेलमा नेपाल नयाँ रणनीतिका साथ मैदान उत्रिने छ ।

फाइनलमा घरेलु टोली विरुद्ध बदला लिँदै उपाधि जित्ने लक्ष्यमा नेपाल छ ।

पहिलो खेलमै नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको थियो । पहिलो खेल हारे पनि त्यसपछि प्रदर्शनमा सुधार गर्दै नेपालले भुटान र भारतलाई हराएर फाइनलमा स्थान बनाएको हो ।

साविक विजेता तथा बलियो टोली भारत विरुद्ध एक गोलले पछि परेपनि ३–१ को शानदार पुनरागमन जित निकालेको नेपाली टोली अहिले लयमा छ ।

  • २६ माघ २०७९, बिहीबार प्रकाशित
  • Nabintech