४ फाल्गुन २०८२, सोमबार
४ फाल्गुन २०८२, सोमबार
रोल्पामा विद्यार्थी बोकेको जिप दुर्घटना २ जनाको मृत्यु , ९ जना घाईते
रोल्पामा विद्यार्थी बोकेको जिप दुर्घटना २ जनाको मृत्यु , ९ जना घाईते
  • न्युज डेस्क

२० पुस रोल्पा । रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता खेलेर घर फर्किंदै गरेका विद्यार्थी बोकेको जीप दुर्घटनामा हुँदा २ जना विद्यार्थीको मृत्यु गएको छ भने ९ जना घाइते भएका हुन ।दुर्घटनामा सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्युरीका १२ वर्षीया दीपा पुन र १२ वर्षकै सुनिल विकको मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाले बताउनु भयो । मृतक दुवैजना राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी हुन् ।सुनछहरी गाउँपालिका वडा नम्बर १ गाम खोलाको सेरमबाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी बोकेर वडा नम्बर ४ स्युरीतर्फ जाँदै गरेको ग१ज ६६६६ नम्बरको बोलेरो जीप गएराति दुर्घटना भएको हो ।

दुर्घटनामा सुनछहरी गाउँपालिका वडा नम्बर ४ सिउरी का १५ वर्षीय हिमाल विक, १२ वर्षीया अमृता पुन, १४ वर्षीया जमुना विक, २४ वर्षीया अस्मिता विक, १६ वर्षीया पवित्रा पुन, १७ वर्षीय शनि विक, १२ वर्षीया विपना घर्ती मगर, १५ वर्षीय किसन घर्ती मगर र १५ वर्षीया हस्तिरा विक घाइते भएका छन् । घाइते ९ जनालाई रोल्पामा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवलको लुम्बिनी सिटी अस्पताल बुटवलका रिफर गरिएको छ ।

  • २० पुष २०८२, आईतवार प्रकाशित
  • Nabintech