५ फाल्गुन २०८२, मंगलवार
५ फाल्गुन २०८२, मंगलवार
भिरबाट लडेर रोल्पामा एक महिलाको मृत्यु
भिरबाट लडेर रोल्पामा एक महिलाको मृत्यु
  • न्युज डेस्क

१७ पुस रोल्पा । रोल्पामा भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ।रुन्टीगढी गाउँपालिका १ दाङचौरकी ४८ वर्षीया पार्वती बुढा क्षेत्री पुस १४ गते दिउँसो एक बजेतिर खर काट्ने क्रममा भिरबाट लेडर घाइते हुनु भएको थियो । उपचारका लागि बेलुकी ६ बजेतिर दाङको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुर्‍याइएको थियो।

टाउको, अनुहार र बाँया हातमा चोट लागेको थियो।घाइतेको बिहीबार बिहान साढे ६ बजेतिर मृत्यु भएको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापाले जानकारी दिनु भयो ।

  • १७ पुष २०८२, बिहीबार प्रकाशित
  • Nabintech