१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
जाजरकाेट महोत्सवमा सर्वाधिक राशीको पुरुष भलिवल प्रतियाेगिता हुने
जाजरकाेट महोत्सवमा सर्वाधिक राशीको पुरुष भलिवल प्रतियाेगिता हुने
  • paschimpatra

जाजरकोट । आगामी पौष ११ देखि १६ गते सम्म सञ्चालन हुने चौथो जाजरकोट महोत्सवमा खुल्ला पुरुष भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । उद्योग वाणिज्य संघ जाजरकोटको आयोजनामा सञ्चालन हुने महोत्सवमा अहिले सम्मकै ठुलो पुरस्कार राशीको भलिवल प्रतियोगिता सञ्चालन हुने भएको हो ।

महोत्सवमा पुरुष खुल्ला भलिवलमा विजेताले २ लाख ५ हजार ५५५ पुरस्कार पाउने छ भने उपविजेताले १ लाख २५ हजार ५५५ पुरस्कार पाउने उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष रमेश केसीले जाजरकारी दिए ।

यस्तै, तेस्रो स्थान प्राप्त गर्ने टीमले ५० हजार ५५५ पुरस्कार पाउने छ । दर्ता शुल्क १० हजार रहेको छ । चौथो जाजरकोट महोत्सवमा राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुती रहनेछ ।

  • १ पुष २०७९, शुक्रबार प्रकाशित
  • Nabintech