६ बैशाख २०८३, आईतवार
६ बैशाख २०८३, आईतवार
सल्यान जिप दुर्घटना : अपडेट मृत्यु हुनेको संख्या चार पुग्यो
सल्यान जिप दुर्घटना : अपडेट मृत्यु हुनेको संख्या चार पुग्यो
  • न्युज डेस्क

६ बैशाख सल्यान — सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको प्रहरीले जनाएको छ । गम्भीर घाइते ३० वर्षका मानबहादुर थापाको सुर्खेतको मेहलकुनास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृत्यु हुनेको संख्या चार पुगेको हो ।जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले घटनास्थलमै सल्यान थाराका ५२ बर्षिय टोपबहादुर थापा, ठगे घर्ती र २९ वर्षका कर्णबहादुर पुनको मृत्यु भएको जानकारी दिनु भयो । उहाका अनुसार दुर्घटनामा घाइते भएका १४ जनाको मेहलकुनास्थित अस्पतालमा उपचार भइरहेको छ । १४ मध्ये ६ जनाको अवस्था गम्भीर छ ।

जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका८ थारादेखि कालीमाटी गाउँपालिका  १ लक्ष्मीपुरतिर जाँदै गरेको लु.प्र. ००१ ज ०२७१ नम्बरको जिप अनियन्त्रित भएर शनिबार बेलुकी ५.३० बजेतिर बन्गाड कुपिण्डे १२ धाईरेमा दुर्घटना भएको हो । जिपमा १८ जना सवार थिए ।

  • ६ बैशाख २०८३, आईतवार प्रकाशित
  • Nabintech