२३ कार्तिक २०८३, आईतवार
२३ कार्तिक २०८३, आईतवार
एम्बुलेन्सको ठक्करबाट हजुरबुवा र नातीको मृत्यु
एम्बुलेन्सको ठक्करबाट हजुरबुवा र नातीको मृत्यु
  • न्युज डेस्क

दीपककुमार शर्मा
६ बैशाख बर्दिया । एम्बुलेन्सको ठक्करबाट बर्दियामा २ जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–७ डिभिजन वन कार्यालय नजिक योग गर्न जान लागेका पैदलयात्रीहरुलाई कोहलपुरबाट राजापुरतिर बिरामी लिन जाँदै गरेको बा ०३०५ नम्बरको खाली एम्बुलेन्सले आइतबार बिहान सवा ५ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा परी घाइते भएका गुलरिया नगरपालिका–७ बस्ने ५५ वर्षीय भुमीराज लामिछानेलाई उपचारको लागि नर्सिङ होम नेपालगन्ज पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । यस्तै दुर्घटनामा परी उनका ५ वर्षीय नातीको पनि मृत्यु भएको छ । उनकी श्रीमती ५० वर्षीया सीता लामिछाने र सोही ठाउँका ६५ वर्षीय सूर्य उपाध्यायको नेपालगन्जस्थित उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • ६ बैशाख २०८३, आईतवार प्रकाशित
  • Nabintech