१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
नेपालले आज नामिबियासँग खेल्दै
नेपालले आज नामिबियासँग खेल्दै
  • न्युज डेस्क

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत नेपालले आज घरेलु टोली नामिबियासँग खेल्दैछ ।

नेपाल र नामिबियाबीचको खेल आज दिउँसो पौने २ बजे युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा सुरु हुनेछ ।

नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित यस शृंखलामा नेपालको यो तेस्रो खेल हो । नेपाल र नामिबियाबीच यसअघिको खेल वर्षाले प्रभावित हुँदा नतिजा विहीन बनेको थियो, जसले गर्दा दुवैले अंक बाँडेका थिए । यस्तै दोस्रो खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएको थियो ।

पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको नामिबियाले नेपालसँग अंक बाँडेको थियो भने त्यसपछि स्कटल्याण्डलाई हराएको थियो ।

घरेलु टोली नामिबियासँग खेल्दा नेपाल यस टुरको पहिलो जितको खोजीमा हुनेछ । नेपालले कम्तीमा तीन खेल जित्ने लक्ष्य राखे पनि त्यो अब पूरा नहुने भएको छ । तर उत्कृष्ट प्रदर्शन गर्दै बाँकी दुई खेल जित्न सकेमा नेपालको नामिबिया भ्रमण सुखद हुनेछ ।

नेपालले शृंखलाको अन्तिम खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ ।

सात राष्ट्र सहभागी लिग टु मा नेपाल २२ खेलबाट १८ अंकसहित छैटौं स्थानमा छ । नामिबिया २९ खेलबाट ३५ अंकसहित तेस्रो स्थानमा छ ।

  • २१ मंसिर २०७९, बुधबार प्रकाशित
  • Nabintech