जाजरकोट । नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ जाजरकोटको पहिलो जिल्ला अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनले बिमल रोकायको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नयाँ कार्यसमितिमा उपाध्यक्ष अमृत मल्ल र गीता बुढा, सचिव कृष्ण बिक्रम शाह, सहसचिव विरेन्द्र शाही, कोषाध्यक्ष मोहनराज गिरी रहेका छन्। त्यस्तै सदस्यहरूमा धर्मराज ज्योति, आशिष सिंह, सुन्दर पुन, सुदीप घर्ती, दीपक नेपाली, कृति पुन, खेमराज खत्री, कृष्ण सिंह, रूपक शाही, सन्देश शाही, भक्तबहादुर चन्द र दीपक कठायत चयन भएका छन्।
केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा यज्ञबहादुर बटाला, गणेशबहादुर बिष्ट, लोकेन्द्र चन्द, इन्दिरा चन्द (सिंह) र निसानी बुढा चयन भएका छन्।
संघको नयाँ नेतृत्वलाई बधाई दिँदै आगामी दिनमा खेलकुद विकास र लोकतान्त्रिक मूल्यको प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।