
२३ कात्तिक काठमान्डौ । दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र ‘कबड्डी– ५’ ले १२ करोड कमाएको छ ।चलचित्र विकास बोर्ड आज सार्वजनिक गरेको विवरण अनुसार उक्त चलचित्रले १२ करोड ३९ लाख ९२ हजार ग्रस कलेक्सन गरेको हो ।
त्यस्तै, दसैँको अवसरमा प्रदर्शनमा आएको दीपकराज गिरी मुख्य भूमिकामा निर्माण भएको चलचित्र ‘छ माया छपक्कै २’ ले ३ करोड ४२ लाख ग्रस कलेक्सन गरेको छ ।