१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप प्रतियोगिता सुरु
राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कप प्रतियोगिता सुरु
  • paschimpatra

जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौँथो मेयर कप प्रतियोगिता सुरु भएको छ ।

खलंगा स्थित त्रिभुवन माविको खेल मैदानमा भेरी नगरपालिकाको आयोजना तथा शिक्षा, यूवा तथा खेलकुद शाखाको व्यवस्थापनमा सुरु भएको हो ।

२६ गते सम्म संचालन हुने प्रतियोगिताको उद्धघाटन कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जित बहादुर मल्लले गर्नु भएको थियो ।

उद्धघाटन समारोहमा बोल्दै मन्त्री मल्लले बालबालिकामा रहेको प्रतिभा र अदम्य साहसलाई उजागर गर्ने भएको हुँदा यस्ता खाले प्रतियोगिता आयोजना गर्नुपर्ने बताउनुभयो ।

प्रतियोगितामा विभिन्न खेलहरु भलिबल, दौड, टेक्वाण्डो, कराँते, कबर्डी, हाइजम्प, लङजम लगायका खेलहरु हुने आयोजकले जनाएको छ भने प्रतियोगितामा नगरपालिका भित्रका दश बिद्यालयहरुले सहभागिता जनाएका छन् ।

  • २२ माघ २०७९, आईतवार प्रकाशित
  • Nabintech