१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
१३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जाजरकाेटमा शुरु
१३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जाजरकाेटमा शुरु
  • न्युज डेस्क

जाजरकोट । जाजरकोटमा १३ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।

‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ मंगलबार देखि जिल्लाको भेरी नगरपालिकाको वडा नं. १३ मा रहेको भगवति माद्यामिक विद्यालयको खेल मैदानमा स्तरीय रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै कर्णाली प्रदेश सभा सदस्य वेदराज सिंहले देशको विकास र समृद्धिको लागि स्वस्थ जनशक्ति आवश्यक रहेको बताउनुभएको छ । उहाँले बिकास, समृद्धि, सुशासन र पारदर्शिता लोकतन्त्रका आधारस्तम्भ भएकाले देशको लागि स्वस्थ जनशक्ति आवश्यक रहेको बताउनुभएको हो । ‘खेल खेल्नु आफैमा गौरवको कुरा हो, यसले ब्यक्तिको शरीरलाई स्वस्थ्य राख्नुका साथै राम्रो खेल खेल्दा राष्ट्रको पनि गौरव बढ्ने भएकाले खेललाई निरन्तरता दिनु आवश्यक छ’ उहाँले भन्नुभयो ‘खेलमा स्वच्छ प्रतिस्पर्धा आवश्यक छ, मर्यादित भएर खेल खेल्न सबै खेलाडीमा आग्रह गर्दछु ।’

प्रतियोगितामा ३ नगरपालिका र ४ गाउँपालिका गरी सात स्थानीय तहको सहभागिता रहेको छ ।

३० स्वर्ण पदका लागि हुने खेलमा भलिवल, कबड्डी, तेक्वान्दो एथलेटिक्स, कराँते खेलको प्रतियोगिता हुने खेलकुद विकास समिति जाजरकोटका कार्यालय प्रमुख जयप्रसाद आचार्यले जानकारी दिनुभयाे ।

  • १७ फाल्गुन २०७९, बुधबार प्रकाशित
  • Nabintech