१५ फागुन काठमान्डौ । कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुद तेस्रो पटक सरेको छ।राष्ट्रिय खेलकुद परिषद् राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको हो।यसअघि राखेपको ११८ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि...
१५ फागुन सुर्खेत । सुर्खेतमा भएको फोर्स गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ को बाङ्गेसिमलमा बिहीबार दैलेखको दुल्लुबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४१९ नम्बरको फोर्स गाडी दुर्घटनामा गम्भिर घाइते भएकाबराहताल गाउँपालिका–५ सुर्खेतका २८ वर्षीय भावना लामिछानेको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी...
१५ फागुन काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ जना पक्राउ परेका छन् । बुधवार राति फ्लाइ दुबईबाट नेपाल आएका ३ जना उज्बेकिस्तानको नागरिक सुनसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा तीनै जना महिला रहेका छन् ।उनिहरुले मलद्धारमा ३ किलो ७४५ ग्राम सुन लुकायर ल्याएका थिए । ४ जनाको टोली आएको मध्ये तीन जना महिलाको साथबाट साढे ३ किलो बढी सुन बरामद गरिएको त्रिभुवन...
१३ फागुन सल्यान । सल्यानमा मध्यराति भएको मिनी ट्रक दुर्घटनामा परी चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ३ झारमङ्ग्राका ३५ वर्षीय चालक हरि चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ। राति ११ः ५५ बजेतिर सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर १ फारुवाबोट नजिकै रा १ क ५३० नम्बरको...
१३ फागुन काठमाडौं । सशस्त्र प्रहरीको मृत्यु प्रकरणमा सशस्त्र प्रहरी नै पक्राउ परेका छन । सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको मृत्यु प्रकरणको अनुसन्धानका लागि सशस्त्रकै इन्सपेक्टर विवेक जोशी पक्राउ परेको प्रहरीले जनाएको छ । ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी सन्तोषीको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएका थिए ।...
१२ फागुन प्युठान । प्युठानमा दम्पती हत्या आरोपमा भतिजालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्युठानको माण्डवी गाउँपालिका–२ रातापानीमा रामबहादुर र हुकुमा परियार दम्पतीको हत्या उनकै भतिजाद्वारा भएको खुलेको हो । शनिबार दिउँसो रातापानीका ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती हुकुमा परियार घरमै क्षतविक्षत अवस्थामा मृत भेटिएका थिए । घटना लगत्तै घटनास्थलमा...
जाजरकोट । भेरी नगरपालिका ‒१३ को वडा कार्यालय पाँच दिनदेखि बन्द छ । वडाध्यक्ष र सचिववीच विवाद हुदाँ वडा बाट प्रवाह हुने सेवा ठप्प छन् । शुक्रबार विहान १० बजे नै पिछडिएको सिफारिस लिन कुदुका अर्जुन गिरी वडा कार्यालयमा पुगे । दिउँसो १ बजे सिफारिस लिई काठमाण्डौं जाने भनेर बस कुरेर बसेका उनी वडा कार्यालयमा कर्मचारी नआउँदा १२ बजे सम्म उनको सिफारिसको काम भएन । पछि भेरी नगरपालिकाको...
९ फागुन काठमान्डौ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन स्ववियु को निर्वाचन कार्यपालिका सार्वजनिक गरेको छ । विश्वद्याविलयले शुक्रबार आगामी चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचनको कार्यपालिका सार्वजनिक गरेको हो ।त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले फागुन १९ गतेदेखि चैत ५ गतेसम्मको निर्वाचन कार्यपालिका बनाएको छ ।...
७ फागुन काठमान्डौ । जहानियाँ राणाशासन अन्त्य भई प्रजातन्त्र आएको दिनको स्मरणमा बुधबार ७५औँ प्रजातन्त्र दिवस मनाइँदैछ।प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ।मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न संघर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात...
६ फागुन काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर एक हजार २३३ जनाको निधन भएको छ ।लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा मृत्यु हुनेहरुको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो ।गृह मन्त्रालयका अनुसार अघिल्लो आव ०८०/८१ को साउनदेखि पुससम्म १२ हजार ८५६ सडक दुर्घटनामा एक हजार...