जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा भिरबाट खसेको ढुङ्गा लागेर दुई दिदीबहिनीको मृत्यु भएको छ ।
भुकम्पपछि टिनको टहरामा सुतिरहेका बेला बिहीवार राति करिब ९ः३० बजेको समयमा टहरा माथिबाट खसेको ठूलो ढुङ्गाले नरबहादुर बुढाकी १६ वर्षीया छोरी चन्द्रा बुढाको घटनास्थलमै मृत्यु भएको छ ।
उनीसँगै सुतेकी २० वर्षीया सर्मिला बुढा घाइते भएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य चौकि अर्छानि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी हरिराम डाँगीले बताउनु भयो ।