२९ कात्तिक कास्की । गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको प्रदेश सांसद तथा पूर्व मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिनु भयो । डेंगु बिरामी भएपछि उनी ग्राण्डी हस्पिटलमा उपचाररत रहेकी थिइन् । गौचनलाई गएराति १२ बजे हृदयाघात भएको थियो ।म्याग्दीकी गौचन कांग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् ।
२८ कात्तिक काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले ग्रसकलेक्सनमा सबै नेपाली चलचित्रको रेकर्ड ब्रेक गरेको छ । घरेलु बक्सअफिसमा इतिहास बनाउँदै यो चलचित्र सबैभन्दा धेरै कमाउने चलचित्र बनेको हो ।“मंगलबारसम्म पूर्ण बहादुरको सारङ्गीले २५ करोड २ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ,” वितरक मनोज राठीले भने, “यो अहिलेसम्मका सबै चलचित्रको रकेर्ड ब्रेक हो ।” १३ दिनमा...
२८ कात्तिक सुर्खेत । सुर्खेतमा रहेको देउती बज्यै मन्दिरका पुजारीको शव फेला परेको छ । सुर्खेतको चर्चित धार्मिक शक्ति पिठ देउती बज्यै मन्दिरका पुजारीको शव शंकास्पद अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मुख्य मन्दिरको पूर्वी ढोकामा मृत अवस्थामा पुजारी ५१ वर्षीय सरस्वती राजीको शव आज विहान फेला परेको हो । मानिस मृत अवस्थामा फेला परेको भन्ने सुचनाका पाएपछि आफुहरु...
२८ कात्तिक, काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् ।प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो ।मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो । दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए । उक्त घटनालाई लिएर जिल्ला सरकारी वकिल...
जाजरकोट । भेरी नगरपालिका वडा नं ४ जाजरकोटले भलिबलकी राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ । राष्ट्रिय खेलाडी कामना विष्टलाई सम्मानपत्र सहित सम्मान गरेको हो । भेरी नगरपालिका वडा नं ४ का वडाध्यक्ष वसन्त प्रसाद शर्माले राष्ट्रको पहिचान र गहनाको रुपमा खेलाडीहरुले देशको नाम उच्च राखेको बताए । उनले स्थानीय स्तरमा खेलाडीहरुको उत्पादनमा स्थानीय सरकारले लगानी गर्नुपर्ने...
२७ कात्तिक, काठमाडौं । अफगानिस्तानले बङ्गलादेशसँगको एकदिवसीय क्रिकेट श्रृंखला जितेको छ । यूएईको शारजाहमा सोमबार भएको तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा ५ विकेटले विजयी भएसँगै अफगानिस्तानले श्रृंखला २.१ ले जितेको हो । बङ्गलादेशले दिएको २४५ रनको लक्ष्य अफगानिस्तानले १० बल बाँकी छँदा ५ विकेटको क्षतिमा पूरा गर्यो । अफगानिस्तानका ओपनर रहमुनल्लाह गुरबाजले १२०...
२७ कात्तिक, काठमाडौं । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आसार शुक्ल एकादशी अर्थात्...
जाजरकोट । जाजरकोटमा भएको छुट्टाछुट्टै गाडी दुर्घटनामा २० जना यात्रु घाइते भएका छन । भेरी नगरपालिका ७ स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी आज विहान साढे ११ बजेतिर दुर्घटना भएको हो । गाडी मध्यपहाडी राजमार्ग अन्तरगत कुदुको जिरो प्वाइट नजिक सडकबाट करीब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा १० बालबालिका...
२६ कात्तिक बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । ग २ च ९२४७ ‘पिकअपभ्यान’ सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिए । घटनामा मृतकको...
२५ कात्तिक कालिकोट । कालिकोटमा भएको जिप दुर्घटनामा परी मृत्यु भएकाहरुको पहिचान भएको छ । कालिकोटको पलाँता गाउँपालिका–३ राडुमा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको हो प्रहरीले यसअघि ९ जनाको मृत्यु भएको हुन सक्ने बताएको थियो ।मृत्यु हुनेमा पलाँता गाउँपालिका–६, का पदमबहादुर बम, दसकला शाही, भगवती रोकाया, गणेश शाही, वडा नम्बर ५ का छाया शाही र दमन रोकाया रहेका छन् । घाइते...