२१ कात्तिक काठमान्डौ । छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मंगलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास बसेर राति सक्खरमा पकाइएको खिर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खिर खानेछन्...
२० कात्तिक काठमान्डौ । भिडियो भ्लगको नाममा जथाभावी बोल्ने रतन कार्की पछिल्लो एक हप्तादेखि चर्चामा छन् । सामाजिक सञ्जालबाट मुलुकका प्रधानमन्त्रीको हत्या गर्न उक्साएपछि उत्पन्न विवाद र आलोचनाका कारण कार्कीको बारेमा चर्चा भएको छ । चितवन घर भएका कार्की जापानको टोकियोमा बस्छन् । दुई वर्षअघि विद्यार्थी भिसामा त्यहाँ पुगेका उनले गत बुधबार प्रधानमन्त्री केपी शर्मा...
२० कात्तिक काठमाडौं । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेसँगै गण्डकी प्रदेशका सांसद दीपक मनाङे पदमुक्त हुने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ तथा निर्वाचन आयोग ऐन २०७३ अनुसार उनले सांसद पद गुमाउने भएका हुन् ।कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम सजाय पाएको व्यक्ति सजाय भुक्तान गरेको मितिले ६ वर्षसम्म उम्मेदवार...
२० कात्तिक काठमाडौं । साउदी अरबका केही स्थानमा भारी वर्षा र हिमपात भएको छ । देशको अल–जाफ मरुभूमिमा इतिहासमै पहिलोपटक हिमपात भएको । भारी वर्षा र असिनापछि हिमपात भएको हो । यसलाई यस क्षेत्रको मौसममा ठूलो परिवर्तन मानिएको छ । हिमपातपछि अल–जाफ मरुभूमि आश्चर्यजनकरूपमा जाडो भूमिमा परिणत भएको छ । साउदी प्रेस एजेन्सीका अनुसार, यसअघि अल–जाफमा हिमपात भएको कहिल्यै देखिएको...
कोहलपुर । कोहलपुर नगरपालिकाले राष्ट्रिय खेलाडी पुजा रानालाई सम्मान गरेको छ । राष्ट्रिय खेलाडी पुजा रानालाई नगद ५१ हजार तथा प्रमाणपत्र सहित सम्मान गरेको हो । साफ महिला फुटबल प्रतियोगितामा बंलादेशसँग पराजित हुदैँ साफ महिला फुटबल प्रतियोगिताको उप विजेता भएको थियो । कोहलपुर नगरपालिका नगर प्रमुख पूर्णप्रसाद आचार्यले राष्ट्रको पहिचान र गहनाको रुपमा खेलाडिहरुले...
२० कात्तिक कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई मंगलबार पुनः कास्की जिल्ला अदालतमा पेस गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई म्याद थपका निम्ति अदालतमा उपस्थित गराइएको हो । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा हिरासतमा राखेर उनीमाथि अनुसन्धान जारी छ । उनलाई यही कात्तिक २ गते काठमाडौंस्थित...
२० कात्तिक वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको छ । अमेरिकी जनताले मतदान गर्न अब केही घण्टा मात्र बाँकी रहेको छ । सो निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन् ।मतदानको समय नजिकिँदै गर्दा...
१९ कात्तिक बाँके । बाँकेमा झाडा पखालाबाट एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना विरामी भएका छन । बाँकेको खजुरा गाउँपालिका ५ बसन्तपुरमा एकै घरका ६ जनालाई झाडावान्ता भएको थियो । १८ गते बेलुकी भएको झाडावान्ताका कारण ६५ वर्षिय केशवराम अहिरको मृत्यु भएको खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुशिल थापामगरले जानकारी दिनु भयो । उहाका अनुसार विरामी अन्य ५ जनाको स्वास्थ्य...
१९ कात्तिक काठमाडौं । भारतको उत्तराखण्डस्थित अल्मोडाको मार्चुलामा सोमबार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ । कुमाऊका आयुक्त दीपक रावतका अनुसार, बस नियन्त्रणबाहिर गएर खाल्डोमा खसी दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बस दुर्घटनामा १५ जना घाइते भएका छन् । घाइतेलाई स्थानीय अस्पतालमा पठाइएको छ । रामनगर जाँदै गरेको बस साल्टनजिकै कोपी भन्ने ठाउँमा दुर्घटना...
१७ कात्तिक काठमान्डौ । यस वर्ष तिहारमा भाइ मसलाको मूल्य करिव ३० प्रतिशतले वृद्धि भएको छ ।काठमाडौंको असनमा वर्षौंदेखि भाइमसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरुले गत वर्ष भन्दा यस वर्ष भाइ मसलाको मूल्य बढेको बताएका हुन् । भाइ मसलाको पुस्तौनी व्यापार गर्दै आएका स्थानीय व्यापारी सजीव बज्राचार्यले असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले...