२१ असार २०८२, शनिबार
२१ असार २०८२, शनिबार
बर्दिया कारागार भित्र कैदीको विस्तारामुनी बाट गाँजा बरामद
बर्दिया कारागार भित्र कैदीको विस्तारामुनी बाट गाँजा बरामद
  • न्युज डेस्क

दीपक शर्मा

२१ असार बर्दिया । कारागारमा रहेका कैदीको विस्तरामुनी गाँजा बरामद भएपछि बर्दियामा सुरक्षा संयन्त्र माथि प्रश्न चिन्ह खडा भएको छ ।

बर्दियाको गुलरियामा रहेको जिल्ला कारागारका कैदीको विस्तारामुनिबाट ५ ग्राम गाँजा फेला परेको बताइएको छ ।बर्दिया कारागारको क्षमताअनुसार १ सय २५ जना पुरुष बस्ने भएपनि हाल ३ सय ७५ जना कैदी र थुनुवा रहेका छन्। तीमध्ये कैदी ३ सय १४ र थुनुवा ६१ जना रहेका छन्। महिला कैदीका लागि छुट्टै त्यसै ठाउँमा कारागार रहेको छ। महिला कैदी २८ र थुनुवा २० गरी ४८ जना रहेका छन्।

कर्तव्य ज्यान मुद्दामा सजाय भोग्दै आएका सोहन ढकालको विस्तारमुनिबाट शनिवार विहान ११ वजेतिर ५ ग्राम गाँजा फेला परेको कारागार प्रमुख मानबहादुर सारुले  बताउनु भयो ,  उहाका अनुसार प्रहरीको कडा निगरानी विच कारागार भित्र गाँजा कसरी कैदीको विस्तारासम्म पुगेको हो अनुसन्धान सुरु गरिएको बताउनु भयो ।प्रहरीको विधिविज्ञान प्रयोगशाला काठमाडौँमा बरामद गरिएको गाँजा अनुसन्धानका लागि पठाउने भएको छ ।

  • २१ असार २०८२, शनिबार प्रकाशित
  • Nabintech