जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–१, खौलागाउँमा अवैध रूपमा लगाइएको अफिम खेती प्रहरी टोलीले फडानी गरी नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको २० जनाको टोलीले ६५ रोपनी क्षेत्रफलमा फैलिएको अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो।
नियन्त्रण अभियान सक्रिय
डीएसपी पाण्डेका अनुसार जिल्लामा लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउन सुरक्षा निकायले निगरानी बढाएका छन्। अफिम लगायतका अवैध खेती रोक्न स्थानीय प्रशासन र प्रहरी प्रशासन मिलेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जानकारी दिइएको छ ।
यसअघि पनि जिल्लाका विभिन्न स्थानहरूमा लागूऔषधविरुद्ध विशेष अभियान सञ्चालन हुँदै आएका छन्। प्रहरीले अवैध अफिम खेती नगर्न स्थानीय बासिन्दालाई निरन्तर चेतना अभिवृद्धि गर्दै आएको छ ।