७ बैशाख २०८२, आईतवार
७ बैशाख २०८२, आईतवार
नलगाड बहुमुखी क्याम्पसको चौथो वार्षिक साधारण सभा सम्पन्न
नलगाड बहुमुखी क्याम्पसको चौथो वार्षिक साधारण सभा सम्पन्न
  • paschimpatra

जाजरकोट । नलगाड बहुमुखी क्याम्पस दल्लिको चौथो वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।

नविन्द्र नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कर्णाली प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंहकाे प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कमान खड्काले नेपालमा विद्यमान शैक्षिक प्रणालीलाई अव्यवहारिक, अबैज्ञानिक र आत्मनिर्भर नभएको बताए। उनले जाजरकोट जिल्लामा शैक्षिक गुणस्तरको अभाव रहेको उल्लेख गर्दै देशमा भ्रष्टाचार, आर्थिक संकट र विकासका नाममा भईरहेका विकृति–विसंगतिप्रति गम्भीर चिन्ता व्यक्त गरे।

उनले राष्ट्रिय ऋण २९ खर्ब नाघेको अवस्थालाई अस्वीकार्य बताउँदै, शासन प्रणालीमा आमूल सुधार आवश्यक रहेको धारणा राखे। साथै, नलगाड जलविद्युत आयोजना जानाजान ओझेलमा पारिएको र महँगो बनाइएको आरोप पनि लगाए।

कार्यक्रममा नलगाड नगरपालिकाका नगर प्रमुख डम्बर बहादुर रावत, भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्ती, नलगाड नगरपालिकाका पूर्व नगर प्रमुख टेकबहादुर रावल, नलगाड नगरपालिकाका उप–प्रमुख देवका लामिछाने, बारेकाेट गाँउपालिका अध्यक्ष  वीर बहादुर गिरि नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कमान खड्का, नेकपा एमाले अध्यक्ष नरेन्द्र कुमार शाही, नेपाली कांग्रेस उप–सचिव छवि पन्त, नेकपा माओवादी केन्द्रका प्रतिनिधि इन्द्रप्रसाद शर्मा, नेकपा (एकीकृत समाजवादी) उप–सचिव चागुनारायण बिष्टलगायतको उपस्थिति थियो।

साधारण सभाको अवसरमा क्याम्पसको जग्गा खरिदका लागि संकलित चन्दाको विवरण सार्वजनिक गरिएको थियो। संकलनमा बारेकोट गाउँपालिका वडा नं. ६ का डम्बर विक्रम कार्कीले १ लाख ५५ हजार ५ सय ५५,  कमान खड्काले ५५ हजार ५ सय ५५, एमाले नेता विष्णु नेपालीले ५१ हजार १ सय ११,  माओवादी केन्द्रका जिल्ला संयोजक टेक बहादुर रावलले ५० हजार रुपैयाँ तथा अन्य दाताहरूले समेत सहयोग  गरेका छन्।

कार्यक्रमले क्याम्पसको शैक्षिक सुधार, भौतिक पूर्वाधार निर्माण र नेतृत्वको सक्रियताबारे उत्साहजनक सन्देश दिएको सहभागीहरू बताउँछन्।

  • ७ बैशाख २०८२, आईतवार प्रकाशित
  • Nabintech