२ बैशाख २०८२, मंगलवार
२ बैशाख २०८२, मंगलवार
स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु
स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु
  • न्युज डेस्क

१ वैशाख हुम्ला । हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार हुम्लाको दक्षिण भेगस्थित चङ्खेली गाउँपालिकामा गएराति स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा चङ्खेली गाउँपालिका–२का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक सोही वडाका ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनु भयो ।चङ्खेली गाउँपालिकाको–लोती भन्ने स्थान पिपलाङ्बाट मिमितर्फ जानेक्रममा प्रदेश नम्बर २।०३।००१ क ९७५ को स्काभेटर पल्टिएर एक सय मिटर तल खसेको जनाइएको छ ।

  • १ बैशाख २०८२, सोमबार प्रकाशित
  • Nabintech