३० चैत्र २०८१, आईतवार
३० चैत्र २०८१, आईतवार
बाँके यातायात कार्यालयमा अख्तियारको छापा ४ जना पक्राउ
बाँके यातायात कार्यालयमा अख्तियारको छापा ४ जना पक्राउ
  • न्युज डेस्क

२८ चैत बाँके । अख्तियारले बाँकेको यातायात कार्यालयमा छापा मारेको छ । बाँकेको यातायात व्यवस्था कार्यालय, नेपालगञ्जमा कार्यरत कम्प्युटर अपरेटर सहित ४ जनालाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगाल र आयोगको बुटवल सम्पर्क कार्यालय, नेपालगञ्जबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई बुधबार पक्राउ गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनु भयो ।पक्राउ पर्नेमा ठाकुरसहित सहायक कम्प्युटर अपरेटर ज्यालादारी मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्ज, बाँकेका नायब सुब्बा मुकुन्दराज केसी र मामा(भान्जा मोटर ड्राइभिङ सेन्टर नेपालगञ्जका प्रोप्राइटर शरदकुमार गोराथोकी छन् ।नक्कली सवारी चालक अनुमतिपत्र वितरण गरी मासिक ३ करोडभन्दा बढी रकम कलेक्सन गर्ने गरेको भन्ने सूचनाका आधारमा आयोगबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

  • २७ चैत्र २०८१, बिहीबार प्रकाशित
  • Nabintech