१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार
जाजरकोट – ६ जना सिकारी एक जनाको मृत्यु पाँच जना पक्राउ
जाजरकोट – ६ जना सिकारी एक जनाको मृत्यु पाँच जना पक्राउ
  • न्युज डेस्क

१६ पुस जाजरकोट । यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट खारा जंगलमा गोली लागेर प्रचण्डदेव सिंहको मृत्यु भएको आरोपमा अन्य पाँचजना सिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।मृतक प्रचण्डदेवसहित सोही वडाका ४५ वर्षीय इन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की, ३१ वर्षीय लालबहादुर सिंह एकसाथ सिकार खेल्न जंगल गएको प्रहरीले जनाएको छ ।

सिकार खेल्न गएका ६ जनामध्ये प्रचण्डदेवलाई गोली लागेर मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी सुधीरकुमार खड्काले जानकारी दिनु भयो । पक्राउ परेकाबाट तीन थान भरुवा बन्दुक, फलामको दुई थान चक्कु, बारुद १३५. १८ ग्राम, भरुवा बन्दुकमा प्रयोग हुने ११ थान गोली बरामत गरिएको सूचना अधिकारी खड्काले जानकारी दिनु भयो ।

  • १६ पुष २०८२, बुधबार प्रकाशित
  • Nabintech