३० चैत्र २०८१, आईतवार
३० चैत्र २०८१, आईतवार
विद्युतको पोलमा बाँधेर वडाध्यक्षलाई कुटपिट
विद्युतको पोलमा बाँधेर वडाध्यक्षलाई कुटपिट
  • न्युज डेस्क

२९ चैत दैलेख । दैलेखमा वडाध्यक्षलाई विद्युतको पोलमा बाँधेर कुटपिट गरिएको छ । दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ का ५० वर्षीय वडाध्यक्ष कुलबहादुर कार्कीलाई राति विद्युतको पोलमा बाँधेर निर्घात कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जनाएको छ ।चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नम्बर ९ डौंसुरका चार जना युवाहरूको समूहले चैते दसैंको दिन राति ९ बजेतिर वडाध्यक्ष कार्कीलाई विद्युत पोलमा बाँधेर निर्घात कुटपिट गरेका थिए।

कुटपिट गरिएका कार्की नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष हुन्। कार्कीलाई राति पोलमा बाँधेर कुटपिट गरिएको भिडिओ फेसबुकमा राखिएको थियो।

  • २८ चैत्र २०८१, शुक्रबार प्रकाशित
  • Nabintech