२८ साउन काठमान्डौ । पेरिस ओलम्पिक २०२४ मा अमेरिका शीर्ष स्थानमा रहन सफल भएको छ। स्वर्णमा चीनसँग समान पदक जिते पनि रजतमा अघि रहँदै अमेरिका पहिलो भएको हो।अमेरिकाले ४० स्वर्ण, ४४ रजत र ४२ कास्य गरी कुल १२६ पदक जित्यो। दोस्रो भएको चीनले पनि ४० स्वर्ण नै जित्यो। चीनले २७ रजत र २४ कास्य गरी ९१ पदक हात पार्यो। पेरिस ओलम्पिकको अन्तिम दिन आइतबार अमेरिकाले पुरुष बास्केटबलमा...
२८ साउन काठमाडौं । पेरिस ओलम्पिकमा स्वर्ण पदक जितेका ज्याभ्लिन थ्रो खेलाडी अर्सद नदिमलाई ससुराले उपहार स्वरुप भैँसी दिएका छन् । नदिमले भारतीय खेलाडीलाई पछाडि पार्दै ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितेका थिए । ओलम्पिकमा पाकिस्तानले व्यक्तिगत स्पर्धामा पहिलोपटक स्वर्ण पदक जितेको हो ।अर्सदका ससुरा मोहम्मद नवाजले भैँसीलाई आफ्नो ग्रामीण समाजमा हार्दिक उपहार...
२३ साउन काठमाडौं । श्रीलंकाले भारतलाई २७ वर्षपछि एकदिवसीय सिरिजमा हराएको छ । कोलम्बोमा भएको सिरिजको तेस्रो खेलमा श्रीलंकाले भारतलाई ११० रनले हराएको हो । बुधबार टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले सात विकेट गुमाएर २४८ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको भारतले २६।१ ओभरमा १३८ रनबात्र बनाउन सक्यो ।श्रीलंकाका लागि अविस्का फर्नान्डोले ९६, कुसल मेन्डिसले ५९ र पाथुम...
१५ साउन काठमान्डौ । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ मा मंगलबार पराजित भएका छन् ।फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नम्बर २ मा भएको समूह पी को आफ्नो दोस्रो खेलमा प्रिन्स विश्व वरीयताको ४३औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनसँग २१.७, २१.५ ले सहजै पराजित भए ।गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो । पहिलो सेटको नतिजा...
काठमाडौं। नेपाली पौडीबाज डुवाना लामा पेरिस ओलम्पिक २०२४ को हिट चरणबाटै बाहिरिएकी छन्। आइतबार भएको २०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेकी उनले निर्धारित दूरी पार दुई मिनेट २०.७४ सेकेन्डमा पार गरिन् । सात खेलाडी रहेको हिट वानमा उनी अन्तिम स्थानमा रहिन् । डुवानाले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकमा सहभागी भएकी थिइन् ।
काठमाडौँ । श्रीलंकाले महिला एशिया कप टी-२० क्रिकेटको उपाधि जितेको छ । श्रीलंकाले फाइनल खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक टी-२० महिला एशिया कपको उपाधि जितेको हो । भारतले दिएको १६६ रनको लक्ष्य पछाएको श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । श्रीलंकाका लागि हर्शिथा समाराविक्रमाले सर्बाधिक ६९ रन बनाएकी थिइन् भने कप्तान चामारी अट्टापट्टूले...
काठमाडौँ । श्रीलंका जारी महिला एशिया कपको फाइनलमा पुगेको छ । शुक्रबार राती सम्पन्न दोस्रो सेमिफाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १४१ रनको लक्ष्य पछाएको श्रीलंकाले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाउदै १४०...
९ साउन काठमाडौं । समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भएसँगै एसीसी महिला एसिया कपमा नेपालको यात्रा समाप्त भएको छ ।मंगलबार श्रीलंकाको धमुल्लामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो ।नेपाललाई सस्तैमा रोक्न भारतकी दीप्ति शर्माले तीन विकेट लिइन् । राधा...
काठमाडौँ । हालै अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकपमा ठुलो घाटा भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले तीन सदस्यीय समिती गठन गरेको छ । आइसीसीले सोमबार टी–२० विश्वकपको व्यवस्थापन पुनरावलोकन गर्न तीन सदस्यीय समिति गठन गरेको हो । यो समितिमा न्युजील्यान्डका पूर्व ब्याट्सम्यान रोजर टोसे र आईसीसीका अन्य दुई निर्देशक लसन नायडू र इमरान ख्वाजा...
काठमाडौँ । जारी महिला एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ । यो खेल आज नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदै छ । यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार बेहोरेको छ । भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो । त्यस्तै समुह ए अन्तर्गत आजै...