
२५ चैत काठमान्डौं ।इरानको राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिकासँग ११ अप्रिलमा इस्लामाबादमा वार्ता हुने जानकारी दिँदै १० बुँदे योजना सार्वजनिक गरेको छ । उक्त योजनामा रणनीतिक, आर्थिक र सुरक्षासम्बन्धी मुख्य मागहरू समेटिएका छन् ।योजनाअनुसार होर्मुज जलडमरुमा इरानी सेनासँग समन्वयमा नियन्त्रित आवागमन व्यवस्था लागू गर्ने प्रस्ताव गरिएको छ, जसले इरानलाई विशेष आर्थिक तथा भूराजनीतिक लाभ दिने उल्लेख छ ।
साथै, ‘रेजिस्टेन्स एक्सिस’विरुद्धको युद्ध अन्त्य गर्नुपर्ने, क्षेत्रका सबै सैन्य आधारबाट अमेरिकी सेना फिर्ता हुनुपर्ने माग राखिएको छ ।इरानले होर्मुज क्षेत्रमा आफ्नो प्रभाव कायम रहने गरी सुरक्षित आवागमन प्रोटोकल बनाउनुपर्ने, युद्धबाट भएको क्षतिको पूर्ण क्षतिपूर्ति दिनुपर्ने, सबै प्रकारका प्रतिबन्ध हटाउनुपर्ने र विदेशमा रोकिएका सम्पत्ति फिर्ता गर्नुपर्ने माग पनि अघि सारेको छ ।