काठमाडौं। नेपाली पौडीबाज डुवाना लामा पेरिस ओलम्पिक २०२४ को हिट चरणबाटै बाहिरिएकी छन्। आइतबार भएको २०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेकी उनले निर्धारित दूरी पार दुई मिनेट २०.७४ सेकेन्डमा पार गरिन् । सात खेलाडी रहेको हिट वानमा उनी अन्तिम स्थानमा रहिन् । डुवानाले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकमा सहभागी भएकी थिइन् ।
काठमाडौँ । श्रीलंकाले महिला एशिया कप टी-२० क्रिकेटको उपाधि जितेको छ । श्रीलंकाले फाइनल खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक टी-२० महिला एशिया कपको उपाधि जितेको हो । भारतले दिएको १६६ रनको लक्ष्य पछाएको श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । श्रीलंकाका लागि हर्शिथा समाराविक्रमाले सर्बाधिक ६९ रन बनाएकी थिइन् भने कप्तान चामारी अट्टापट्टूले...
काठमाडौँ । श्रीलंका जारी महिला एशिया कपको फाइनलमा पुगेको छ । शुक्रबार राती सम्पन्न दोस्रो सेमिफाइनल खेलमा श्रीलंकाले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १४१ रनको लक्ष्य पछाएको श्रीलंकाले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि पाकिस्तानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाउदै १४०...
९ साउन काठमाडौं । समूह चरणको आफ्नो अन्तिम खेलमा भारतसँग ८२ रनले पराजित भएसँगै एसीसी महिला एसिया कपमा नेपालको यात्रा समाप्त भएको छ ।मंगलबार श्रीलंकाको धमुल्लामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको १७९ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९६ रनमात्र बनाउन सक्यो ।नेपाललाई सस्तैमा रोक्न भारतकी दीप्ति शर्माले तीन विकेट लिइन् । राधा...
काठमाडौँ । हालै अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकपमा ठुलो घाटा भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले तीन सदस्यीय समिती गठन गरेको छ । आइसीसीले सोमबार टी–२० विश्वकपको व्यवस्थापन पुनरावलोकन गर्न तीन सदस्यीय समिति गठन गरेको हो । यो समितिमा न्युजील्यान्डका पूर्व ब्याट्सम्यान रोजर टोसे र आईसीसीका अन्य दुई निर्देशक लसन नायडू र इमरान ख्वाजा...
काठमाडौँ । जारी महिला एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ । यो खेल आज नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदै छ । यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार बेहोरेको छ । भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो । त्यस्तै समुह ए अन्तर्गत आजै...
काठमाडौँ । जारी महिला एशिया कपमा विजयी शुरुवात गरेको नेपालले आज पाकिस्तानको सामना गर्दै छ । आज साँझ ७: १५ बजेदेखि शुरु हुने खेलमा नेपालले पाकिस्तानको सामना गर्न लागेको हो । नेपालले समुह ए अन्तर्गत आफ्नो पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हासिल गरेको थियो भने पाकिस्तान आफ्नो पहिलो खेलमा भारतसँग पराजित भएको थियो । समुह ए अन्तर्गत आजै भारत र युएई अपराहन्न २: १५ बजेदेखि...
काठमाडौँ । उरुग्वे र पानामा कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन् । मंगलबार बिहान सम्पन्न समुह चरणको अन्तिम खेलमा उरुग्वे र पानामाले आ-आफ्नो खेल जितेर प्रतियोगिताको क्वाटरफाइनलमा पुगेका हुन् । उरुग्वेले आफ्नो समुह चरणको अन्तिम खेलमा अमेरिकालाई १-० गोल अन्तरले पराजित गरेको थियो । उरुग्वेको जितमा खेलको ६६औ मिनेटमा माथियास ओलिभेराले गरेको गोल नै खेलको निर्णायक...
काठमाण्डाै । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुलाईमा हुने एसीसी महिला एसिया कपका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरेको छ । इन्दु बर्माको कप्तानीमा बुधबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो । नेपालले पहिलोपटक खेल्ने महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ । यसअघि नेपाली पुरुष टिमले पनि एसिया कप खेलेको थियो । नेपालले पहिलो खेल जुलाई १९ मा यूएई,...
काठमाडौँ । दक्षिण अफ्रिका जारी टी- २० विश्वकपको फाइनलमा पुगेको छ । विहिबार बिहान पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । अफगानिस्तानले दिएको ५७ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै अफगानिस्तान ११.५ ओभरमा...