३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
पाकिस्तानविरूद्ध बंगलादेशको ऐतिहासिक ‘क्लिनस्विप’
पाकिस्तानविरूद्ध बंगलादेशको ऐतिहासिक ‘क्लिनस्विप’
  • न्युज डेस्क

१८ भदौ काठमान्डौ । घरेलु टोली पाकिस्तानविरूद्धको दुई खेलको टेस्ट सिरिज बंगलादेशले ‘क्लिनस्विप’ गरेको छ। मंगलबार राउलपिन्डीमा सकिएको दोस्रो टेस्टमा ६ विकेटको जित निकालेसँगै बंगलादेशले पाकिस्तानविरूद्ध सिरिज २ सुन्य ले जितेर क्लिनस्विप गरेको थियो।

बंगलादेशले पाकिस्तानविरूद्ध पहिलो पटक टेस्ट सिरिज जितेको हो।यसअघि पहिलो टेस्ट जितेर बंगलादेशले पाकिस्तानविरूद्ध टेस्टमा पहिलो जित दर्ता गराउँदै इतिहास रचेको थियो।बंगलादेशले मंगलबार हात पारेको जित विदेशमा जित हात पारेको तेस्रो सिरिज जित हो। पछिल्लो पटक उसले सन् २०२१ मा जिम्बावेलाई हरारेमा पराजित गरेको थियो।मंगलबार पाकिस्तानले दिएको १८५ रनको लक्ष्य बंगलादेशले ४ विकेटको क्षतिमा पूरा गर्‍यो। बंगलादेशका मुस्फिकर रहिमले नटआउट २२ रन र सकिब अल हसनले नटआउट २१ रन बनाए।त्यसअघि ओपनर जाकिर हसन ४० रन, शदम‍न इस्लाम २४ रन, कप्तान हुसेन सान्तो ३८ रन र मोमीनुल हक २२ रन जोडेर आउट भएका थिए।

  • १८ भाद्र २०८१, मंगलवार प्रकाशित
  • Nabintech