७ कार्तिक २०८१, बुधबार
७ कार्तिक २०८१, बुधबार
साकिबले लिए ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास
साकिबले लिए ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास
  • न्युज डेस्क

११ असोज काठमाडौं । बंगलादेशका अलराउन्डर साकिब अल हसनले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् ।साकिबले भारतविरुद्ध कानपुरमा हुने दोस्रो टेस्टकोे अघिल्लो दिन क्रिकेटको सानो संरचनाबाट सन्न्यासको घोषणा गरेका हुन् ।

यस्तै, साकिबले आगामी महिना दक्षिण अफ्रिकाविरुद्ध मिरपुरमा हुने टेस्ट शृंखलापछि टेस्ट क्रिकेटबाट सन्न्यास लिने चाहनासमेत व्यक्त गरे ।३७ वर्षीय अनुभवी अलराउन्डर साकिबले १२९ अन्तर्राष्ट्रिय खेलमा बंगलादेशको प्रतिनिधित्व गरेका छन् ।

  • ११ आश्विन २०८१, शुक्रबार प्रकाशित
  • Nabintech