
२६ चैत जुम्ला । जुम्लाको हिमा गाउँपालिकाबाट सुर्खेत जाँदै गरेको एम्बुलेन्स कालिकोटको खाँडाचक्र नगरपालिकाको मेयर खोलानजिक दुर्घटनामा परेको छ ।दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा जुम्ला हिमा गाउँपालिकाका एम्बुलेन्स चालक २६ वर्षीय शक्ति शाही र सोही पालिकाका ३२ वर्षीय भीमराज अधिकारी छन् । घाइते हुनेमा हिमा गाउँपालिकाका लोकेन्द्र शाही र अक्कल अधिकारी रहेका छन् ।