साउन २३ दाङ । रक्सि खाएको जोसमा दाङका एक युवाले बियरको बोतलका सिसा खाएपछि गम्भिर घाइते भएका छन । दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका– ४ खाद्रेका २३ वर्षीय युवकले आफ्नै घरमा मदिरा सेवनपछि बियरको बोतल फोडेर सिसाका टुक्रा खाएको प्रहरीले जनाएको छ । मंगलवार बेलुकी साढे ७ बजेतिर सिसाका टुक्रा खाएपछि उनी छटपटाउन थालेका थिए। तत्कालै उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक...
२२ साउन जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–६, गञ्जमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जाजरकोट सदरमुकाम खलंगाबाट नेटातर्फ जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटना भएको थियो । दुर्घटनामा जीपका चालक ३५ वर्षे मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माले...
२२ साउन बागलुङ । बागलुङमा पहिरोमा परेर आठ जनाको निधन भएको छ । लगातारको वर्षापछि गएको पहिरोले बडिगाड गाउँपालिका–९ र १० मा आठ जनाको मृत्यु भएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्ग बरालले जानकारी दिनु भयो । उहाका अनुसार वडा नम्बर ९ मा १५ वर्षीय विधान परियार र २४ वर्षीया गंगा बस्नेतको मृत्यु भएको छ । त्यस्तै, वडा नम्बर १० मा सात वर्षकी मालती र मधु बुढा, सन्जु...
जाजरकोट । बोलेरो जिप दुर्घटना हुँदा जाजरकोटमा १५ जना घाइते भएका छन् । जाजरकोटको खलङ्गादेखि भेरी नगरपालिका–६ नेटाबजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको जिप वडा नम्बर ६ भेरेमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर १५ जना यात्रु घाइते भएको र ३ को अबस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो । घाइतेहरुको...
२२ साउन ढाका । बंगलादेशको विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लामले अन्तरिम सरकारको मुख्य सल्लाहकारमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री प्राध्यापक मोहम्मद युनुसको नाम प्रस्ताव गरेका छन् । उनले राष्ट्रपतिलाई जतिसक्दो चाँडो युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउन आग्रह गरेका छन् । मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देशमार्फत उनले उक्त प्रस्ताव...
२१ साउन काठमाडौं । अविरल वर्षाको कारण विभिन्न विपद्का घटनामा परेर अहिलेसम्म १५४ जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतमा परेर सोमबार दिउँसोसम्म १५४ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो । बाढी, पहिरो लगायतका विपद्मा परेर सबैभन्दा बढी गण्डकी प्रदेशमा ४३ जना, बागमती प्रदेशमा ३० जना, लुम्बिनी प्रदेशमा २९...
सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी भएको छ । एमाले नेतृत्वको कर्णाली सरकारमा कांग्रेसबाट सहभागी भएका ४ जना मन्त्रीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन् । कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र ऊर्जा तथा जलस्रोत...
१९ साउन नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्वमा कार्यरत नेपाली सेनाका एक जवानको आफैले चलाएको गोली लागेर मृत्यु भएको छ ।कावासोती नगरपालिका–७ बाँदर झुलामा रहेको नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टर बाँदर झुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारको आफूले चलाएको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्व...
१९ साउन काठमाडौं । माग्ने बुढाका नामले चर्चित केदार घिमिरेका छोराले पनि फिल्म खेल्ने भएका छन । हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’का छोरा आशिषले यो फिल्मबाट डेब्यु गर्ने पक्का भएको छ । आशिषले बाल्यकालमा हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए ।घिमिरेकी पत्नी सीतादेवी तिमल्सेनाले पनि ‘सानो संसार’बाट...
१९ साउन रोल्पा । रोल्पामा गएराति गएको पहिरोमा पुरिएर एकै घरका २ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर बेपत्ता भएका ६५ वर्षीया हजुरआमा बसुना सुनार र ४ वर्षीया नातिनी माया सुनारको शव फेला परेको हो । शुक्रबार राति सुनछहरी गाउँपालिका(४ कामीडाँडामा पहिरो जाँदा देउसिंह कामीको घर पहिरोले पुरिएको थियो । पहिरो पन्छाउने क्रममा उनीहरुको शव फेला परेको रोल्पाका प्रहरी प्रमुख...