२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
जाजरकोट जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु अन्यको उपचार जारी
जाजरकोट जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु अन्यको उपचार जारी
  • पवन शर्मा

२२ साउन जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–६, गञ्जमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

जाजरकोट सदरमुकाम खलंगाबाट नेटातर्फ जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जीप दुर्घटना भएको थियो । दुर्घटनामा जीपका चालक ३५ वर्षे मानबहादुर वलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए । उनका अनुसार जीप सडकदेखि चार सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परी भेरी नगरपालिका–६ की २८ वर्षीया सपना विक सार्की, ३५ वर्षीया भूमिका शाही, १९ वर्षीया दुर्गा पुन, १९ वर्षीया विन्दु शाही, ५५ वर्षीया मोती लुहार, १७ वर्षीया सीता पुन घाइते भएका छन् । त्यस्तै, २१ वर्षीया धनसरा खड्का, ८० वर्षीय कलिमान खत्री, २८ वर्षीया भूमिकला राना घर्ती घाइते भएको प्रहरीले जनाएको छ ।

  • २२ श्रावण २०८१, मंगलवार प्रकाशित
  • Nabintech