१५ साउन काठमान्डौ । आज खीर खाएर साउन १५ मनाइँदै छ । असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । चामल, साबुदाना, सेवइ, मकै, गाजरलगायतको खीर बनाउने...
१५ साउन रुकुम । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका १० का ३० वर्षीय युवा दीपक वली करिब ८० लाख रुपैयाँ खर्चिएर गत वर्षमात्रै स्थलमार्गबाट अमेरिका पुगे । करिब ८० लाख रुपैयाँ तिरेर दुई दर्जनभन्दा बढी देशको स्थलमार्ग छिचोल्दै अमेरिका छिरेका उनी त्यहाँ रोजगारीमा पनि लागिसकेका थिए । अमेरिका सपना पछ्याउँदै ३ वर्षअघि घर छाडेका दीपकले सन् २०२३ जुलाईमा त्यहाँको भूमि टेकेका...
१५ साउन काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरूले अब कर्जा लगानीको पैसाबाट काटेर कुनै पनि बचत वा सेयरको रूपमा राख्न नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको नाममा सर्कुलर जारी गर्दै कर्जा प्रवाह गर्दा स्वीकृत कर्जा रकमबाट तोकिएको सेवा शुल्क बाहेक अन्य कुनै पनि प्रकारको रकम कट्टा गरी बचतको रूपमा राख्न नपाइने व्यवस्था गरेको हो । साथै, सेवा...
१४ साउन, पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् ।आज बिहान पोखरा २१...
१४ साउन बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ । जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा सफलता पाएसँगै सन् २०१० मा १८ पाटेबाघ रहेको बर्दियामा सन् २०२२ सम्म तीन गुणा बढेको निकुञ्जका संरक्षण...
१४ साउन सुर्खेत । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । आइतबारदेखिको अविरल वर्षाका कारण राजमार्ग अन्तर्गत दैलेखको आठबिस नगरपालिका–१, असाराघाट नजिक पहिरो गएको छ । माथिबाट आएको पहिरोले पूर्ण रूपमा सडक अवरुद्ध गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । राजमार्ग पूर्ण रूपमा अवरोध भएकोले राजमार्ग खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।सडक अवरुद्ध भएसँगै...
१३ साउन सुर्खेत । लगातारको वर्षा छि सुर्खेतको वीरेन्द्रनगरमा घर भत्किँदा एक किशोरी घाइते भएको प्रहरीले जनाएको छ ।वीरेन्द्रनगर नगरपालिका १३ करेखोला निवासी खम्म बुढाको घर आज बिहान वर्षातको कारण भत्किँदा घरले च्यापिएर घाइते भएको प्रहरीको भनाई छ । १५ वर्षीया शुशिला बुढालाई घाइते अवस्थामा उद्धार गरिएको हाल कर्णाली प्रदेश अस्पतालमा उपचार भैरहेको छ ।
काठमाडौं। नेपाली पौडीबाज डुवाना लामा पेरिस ओलम्पिक २०२४ को हिट चरणबाटै बाहिरिएकी छन्। आइतबार भएको २०० मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेकी उनले निर्धारित दूरी पार दुई मिनेट २०.७४ सेकेन्डमा पार गरिन् । सात खेलाडी रहेको हिट वानमा उनी अन्तिम स्थानमा रहिन् । डुवानाले वाइल्ड कार्डमार्फत पेरिस ओलम्पिकमा सहभागी भएकी थिइन् ।
काठमाडौँ । श्रीलंकाले महिला एशिया कप टी-२० क्रिकेटको उपाधि जितेको छ । श्रीलंकाले फाइनल खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै पहिलो पटक टी-२० महिला एशिया कपको उपाधि जितेको हो । भारतले दिएको १६६ रनको लक्ष्य पछाएको श्रीलंकाले १८.४ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । श्रीलंकाका लागि हर्शिथा समाराविक्रमाले सर्बाधिक ६९ रन बनाएकी थिइन् भने कप्तान चामारी अट्टापट्टूले...
काठमाडौं । भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् । आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको हो । जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेपनि सर्वोच्चले बिगो र कैद सजाय घटाएको छ । यसअघि विशेष अदालत उनलाई गैरकानूनी रुपमा सम्पत्तिआर्जन...