३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
लघुवित्तले कठोर विधि अपनाउन नपाउने
लघुवित्तले कठोर विधि अपनाउन नपाउने
  • न्युज डेस्क

१५ साउन काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरूले अब कर्जा लगानीको पैसाबाट काटेर कुनै पनि बचत वा सेयरको रूपमा राख्न नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाको नाममा सर्कुलर जारी गर्दै कर्जा प्रवाह गर्दा स्वीकृत कर्जा रकमबाट तोकिएको सेवा शुल्क बाहेक अन्य कुनै पनि प्रकारको रकम कट्टा गरी बचतको रूपमा राख्न नपाइने व्यवस्था गरेको हो ।

साथै, सेवा शुल्कसमेत बढीमा १.३ प्रतिशतभन्दा बढी लिन नपाइने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । यसअधि लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा स्वीकृत कर्जामा १.५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यवस्था थियो । तर, तोक कर्जा प्रवाह गर्ने संस्थाले लघुवित्त वित्तीय संस्थाहरूलाई प्रवाह गर्ने कर्जामा ०.५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाइने व्यवस्था छ ।

यस्तै, लघुवित्त वित्तीय संस्थाले ऋण असुलीका लागि कुनै किसिमको अपमानजनक एवं कठोर विधि अपनाउनसमेत नपाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

 

  • १५ श्रावण २०८१, मंगलवार प्रकाशित
  • Nabintech