२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
जेठ २८ यता बाढीपहिरो लगायतका विपदमा परी १५४ जनाको मृत्यु
जेठ २८ यता बाढीपहिरो लगायतका विपदमा परी १५४ जनाको मृत्यु
  • न्युज डेस्क

२१ साउन काठमाडौं । अविरल वर्षाको कारण विभिन्न विपद्का घटनामा परेर अहिलेसम्म १५४ जनाको मृत्यु भएको छ । गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतमा परेर सोमबार दिउँसोसम्म १५४ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।

बाढी, पहिरो लगायतका विपद्मा परेर सबैभन्दा बढी गण्डकी प्रदेशमा ४३ जना, बागमती प्रदेशमा ३० जना, लुम्बिनी प्रदेशमा २९ जना, कोशी प्रदेशमा २५ जना, सुदूरपश्चिम प्रदेशमा १० जना, कर्णाली प्रदेशमा ८ जना, मधेश प्रदेशमा ६ जना र काठमाडौं उपत्यकामा ३ जना गरेर जम्मा १५४ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव महानिरीक्षक डीआईजीपी दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार यसका साथै कर्णाली प्रदेशमा ५१ जना, कोशी प्रदेशमा ३७ जना, गण्डकी प्रदेशमा ३४ जना, बागमती प्रदेशमा १९ जना, सुदूरपश्चिम प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ११ जना, मधेश प्रदेश र काठमाडौं उपत्यकामा १०–१० जना गरेर जम्मा १८६ जना घाइते भएका छन् ।
जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयबासीको समन्वय र सहयोगमा भइरहेको र विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत भइरहेको प्रहरीले जनाएको छ ।

 

  • २१ श्रावण २०८१, सोमबार प्रकाशित
  • Nabintech