२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
बोलेरो जिप दुर्घटना हुदाँ जाजरकोटमा १५ जना घाइते, ३ को अवस्था गम्भीर
बोलेरो जिप दुर्घटना हुदाँ जाजरकोटमा १५ जना घाइते, ३ को अवस्था गम्भीर
  • पवन शर्मा

जाजरकोट । बोलेरो जिप दुर्घटना हुँदा जाजरकोटमा १५ जना घाइते भएका छन् ।

जाजरकोटको खलङ्गादेखि भेरी नगरपालिका–६ नेटाबजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको जिप वडा नम्बर ६ भेरेमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर १५ जना यात्रु घाइते भएको र ३ को अबस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल जाजरकोटमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

  • २२ श्रावण २०८१, मंगलवार प्रकाशित
  • Nabintech