सुर्खेत । कर्णालीमा स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहल प्रतिबद्धता व्यक्त गरेका छन् । सर्वसुलभ तरिकाले कर्णालीका जनताले स्वास्थ्य सेवा पाउन नसेको बताउदै मन्त्री सिंहले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा हिमोफिलिया सोसाइटी नेपालले...
जाजरकोट । मानव स्वास्थ्यका लागि बहुगुणी मानिएको बेलको महत्व नबुझ्दा वनमै झरेर खेर गइरहेको छ । जाजरकोट भेरी नगरपालिकाको वन क्षेत्रमा पाइने आयुर्वेदिक औषधिका रुपमा प्रयोग हुने बेल संकलन नगरिँदा वनमै कुहेर जाने गरेको छ । यसको महत्वबारे जानकारी नहुँदा बेल दाउरा र सोत्तरका रुपमा प्रयोग हुन थालेको छ । भेरी नगरका वडाहरु १०, ११, १२ मा बेलका रुख प्रशस्त रहेका छन् । बेलको...
सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले युवाहरू राष्ट्र निर्माणको तहमा आउन जरूरी रहेको बताउनु भएको छ। आइतबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको प्रादेशिक नीति संवाद तथा युवा महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिंहले देशको समग्र विकास र परिवर्तनका लागि युवाहरू राष्ट्र निर्माणको तहमा आउन जरूरी रहेको बताउनु...
काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्शन झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे । आइतबार टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २७.३ ओभरमा १०६।९ बनाएको...
जाजरकाेट । जाजरकाेटमा सुबिधा सम्पन्न होटल संचालनमा भएकाे छ । जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटक लाई लक्षित गरि ७ करोड ५० लाखको लगानीमा सुबिधा सम्पन्न होटल संचालनमा आउन लागेकाे हाे । जाजरकाेटका उद्ममि तथा उद्याेग वाणिज्य संघ जाजरकाेटका अध्यक्ष रमेश केसीले भेरी नगरपालिका वडा नम्बर ४ शान्ति चाैतारामा आर.आर. भेरी ग्रिन हाेटल एण्ड लज खोल्ने अन्तिम तयारीमा पुगेका...
काठमाडौं । सत्ता साझेदार दलको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पेश भएको बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले सञ्चारकर्मीलाई जानकारी दिए। उनका अनुसार न्यूनतम साझा कार्यक्रमको मस्यौदामा विस्तृत छलफल भएर भोलि टुङ्गोमा पुगिनेछ...
काठमाडौं । सरकारले मिटरब्याजलाई अपराध मान्दै कानुनी दायरामा ल्याउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहिता, २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमल्सिनाका अनुसार मिटरब्याजीलाई अपराधको रूपमा लिएर आवश्यक कानुन बनाउने मन्त्रिपरिषद्...
काठमाडौँ । मतदाता सङ्ख्या र बजार महँगी बढ्दो भए पनि अनावश्यक खर्च कटौती गरिएका कारण विगतको तुलनामा यस वर्षको निर्वाचनमा कम खर्च भएको देखिएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको विवरणमा करिब रु सात अर्ब ५० करोड खर्च भएको अनुमान छ भने नेपाल सरकारले सो निर्वाचनका लागि विनियोजन गरेको मध्ये करिब रु तीन अर्ब ५० करोड फिर्ता...
जाजरकोट । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा जाजरकोटबाट ४ हजार ६ सय ५६ विद्यार्थी सहभागी हुने भएका छन् । जिल्ला भित्रका ७४ माध्यमिक विद्यालयका ४ हजार ६ सय ५६ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ जाजरकोटका प्रमुख रमेश मल्लले जानकारी दिए । उनका अनुसार नियमित तर्फ सामुदायिक विद्यालयका ४ हजार ५ सय ५३ रहेका छन् । जसमा २ हजार २ सय २३ जना छात्र छन् भने २ हजार...
काठमाडौं । प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता अन्तर्गत भुटानसँग नेपाल बराबरीमा रोकिएको छ । नेपालको फुटबल इतिहासमा भुटानसँग यो पहिलो बराबरी हो । यसअघि खेलेका सबै १३ खेल नेपालले जितेको थियो । नेपाल १-० ले पछि परेको स्थितिमा नियमित समयको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको गोल गर्दै नेपालको हार टारेका हुन् । खेलको...