२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
२३ वर्षिय युवाले गरे ४९ वर्षिय प्रेमिकाको हत्या
२३ वर्षिय युवाले गरे ४९ वर्षिय प्रेमिकाको हत्या
  • न्युज डेस्क

२७ साउन रुकुम पश्चिम । ४९ वर्षिय महिलाको हत्याको आरोपमा २३ वर्षिय युवालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नं ४ लामचौरकी ४९ वर्षीया सुशीला मल्लको हत्या गरेको आरोपमा प्रहरीले रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं ११ माथिल्लो सकेंना बस्ने २३ वर्षीय प्रेम मल्ललाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार मृतक सुशीला र प्रेमबीच डेढ वर्ष अगाडि जाजरकोट रिम्ना मेलामा चिनजान भएको र त्यतिबेला फोन नम्बर साटासाट गरेर बेला–बेला भेटघाट हुने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

गत शुक्रबार सुशीला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीका अनुसार घाँटीमा सल बेरिएको र अन्य शरीरको भागमा चोटपटक लागेको अवस्थामा उनको शव बरामद गरिएको थियो । घटनाको दिन राती साउन २१ गते राती दुवै जनासँगै बसेको र साउन २२ गते मंगलबार बिहानै उठेर दुवै जना रिम्ना बजार गएर घुमेको प्रहरीले जानकारी दिएको छ । दुवै जना सुशीलाकै घरमा आएर बसेको र राति १२ बजेतिर सुशीलाले आफूहरुको सम्बन्धबारे घरमा र गाउँघरका मानिसहरुलाई थाहा पाइसेकको बताउँदै प्रेमलाई आफूसँग विवाह गर्न भनेपछि प्रेमले विवाह गर्न सक्ने अवस्था नभएको बताएका थिए । त्यसपछि तनावमा रहेका प्रेमले मार्ने मनसाय बनाएर फलामको तावा, सिलौटोलगायतका घरेलु हतियारले प्रहार गरेर सलले घाँटी बाँधेर हत्या गरेको खुलेको प्रहरीले प्रहरीले जनाएको छ ।

  • २७ श्रावण २०८१, आईतवार प्रकाशित
  • Nabintech