२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
ज्ञान कुञ्ज बोर्डिङले तिर्ने भयो २१ लाख भन्दा बढि क्षतिपुर्ति
ज्ञान कुञ्ज बोर्डिङले तिर्ने भयो २१ लाख भन्दा बढि क्षतिपुर्ति
  • न्युज डेस्क

२८ साउन बाँके । विद्यालयको बसले ठक्कर दिँदा मृत्यु भएका व्यक्तिका आफन्तलाई २१ लाख क्षतिपुर्ति दिने भएको छ ।
विद्यालय र मृतकका आफन्त विच भएको सहमती अनुसार मृतक राप्ती सोनारी गाँउपालिका ९ का २६ वर्षिय गोविन्द वलीका परिवारलाई १५ लाख रुपैया र सो दुर्घटनामा मारिएका खसी बाखा्रका धनिलाई बाकि रकम उपलव्ध गराउने सहमती भएको छ ।

बाँकेको कोहलपुर नगरपालिका – १२ स्थित ज्ञान कुञ्ज बोर्डिङ स्कुलको ना ४ ख ४५७० नम्बरको बसले ढकेरी पुल नजिकै खसी बाख्रा चराइरहेका वलीलाई ठक्कर दिएको थियो उनको घटनास्थलमै मृत्यु भएको थियो भने सोहि वसले २१ वटा खसी बाख्रा पनि मारेको थियो ।
बिहीबार बेलुका ५ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत कोहलपुरबाट पूर्वतर्फ विद्यार्थी छोड्न आइरहेको समयमा सो घटना भएको थियो ।
बसका चालक प्रकाश सुनार प्रहरी नियन्त्रणमा छन्।

  • २८ श्रावण २०८१, सोमबार प्रकाशित
  • Nabintech