३० साउन काठमान्डौ । अभिनेता विराज भट्टको निर्माण एवं निर्देशन रहेको फिल्म १२ गाउँ पनि दसैंको फूलपातिमा प्रदर्शनमा आउने भएको छ। एक पोस्टर सार्वजनिक गर्दै विराजले असोज २४ गते फिल्म रिलिज गर्ने घोषणा गरेका हुन्।योसँगै सो मितिमा रिलिज हुने नेपाली फिल्मको संख्या ३ पुगेको छ। यसअघि छक्कापञ्जा ५ ज्वाइँ साबु ले उक्त उक्त मिति घोषणा गरेकोमा ‘१२ गाउँ’ पनि आउने भएसँगै...
३० साउन दाङ । दाङमा सर्पको टोकाईबाट ५ वर्षिय बालिकाको मृत्यु भएका छ भने आमाको अवस्था गम्भिर रहेको छ । प्रहरी कार्यालयका अनुसार घोराही उपमहानगरपालिका–६ गुरुवागाउँ निवासी सन्तोष चौधरीकी ५ वर्षीया छोरी इन्दु चौधरीको मृत्यु भएको छ भने उनकी आमा २५ वर्षिया आस्मा चौधरीको अवस्था गम्भिर रहेको छ । प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी राम प्रसाद तिमल्सिनाले दिएको...
२९ साउन काठमाडौं । अमेरिकाले बंगलादेशमा शेख हसिनाबाट सत्ता खोस्नुमा आफ्नो भूमिका रहेको आरोपलाई कडाइका साथ अस्वीकार गरेको छ। अमेरिकाले यसलाई हल्ला मात्र भनेको छ ।अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी प्रेस सेक्रेटरी करिन जीन पियरेले भनिन्, “यसमा हाम्रो कुनै संलग्नता छैन।यसअघि शेख हसिनाले आफ्नो सरकारको पतनमा अमेरिकाको हात रहेको आरोप लगाएकी थिइन् । हसिनाले...
जाजरकोट । जाजरकोटमा सामुदायिक अगुवाहरुको २ दिने समिक्षा तथा पुनर्ताजगीय कार्यक्रम सम्पन्न भएको छ । आइ पास नेपाल र पास नेपालको साझेदारीमा संचालित नेपालमा दिगो यौंन तथा प्रजनन् स्वास्थ्य र अधिकार सबलीकरण तथा उत्थानशिल स्वास्थ्य सेवा प्रणाली परियोजना अन्तर्गत सामुदायिक अगुवाहरुको लागि जाजरकोटको खलंगामा २ दिने समिक्षा तथा पुनर्ताजगीय कार्यक्रम सम्पन्न भएको...
२९ साउन दाङ । दाङ र रोल्पामा भएका दुर्घटनामा परी २७ जना घाइते भएका छन्। प्रहरीका अनुसार बुटवलबाट दाङको तुलसीपुरतर्फ जादै गरेको लु १ ख ८४१२ नम्बरको बस दाङ जिल्लाको घोराही उपमहानगरपालिका १७ बेलभारमा दुर्घटना भएको थियो।बस दुर्घटनामा परी २२ यात्रु घाइते भएका छन्। घाइतेमध्ये १३ जनाको अवस्था मध्यम छ भने ९ जनाको अवस्था सामान्य छ। घाइते सबैको घोराहीस्थित राप्ती स्वास्थ्य...
२८ साउन काठमान्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूसँग स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएको बताइएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा २०८० कात्तिक १७ को भूकम्पका कारण जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएपछि उक्त स्थान रिक्त...
काठमाडौं । विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि स्थानीय सरकारहरूको सबलीकरण र सिमान्तकृत समुदायको सहभागिता हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। सोमबार काठमाडौंमा डेमोक्रेसी मिडिया नेटवर्कले आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै नेपाल विपद् उत्थानशील नेटवर्कका अध्यक्ष तथा लुम्बनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. नहकुल केसीले स्थानीय...
२८ साउन काठमान्डौ । पेरिस ओलम्पिक २०२४ मा अमेरिका शीर्ष स्थानमा रहन सफल भएको छ। स्वर्णमा चीनसँग समान पदक जिते पनि रजतमा अघि रहँदै अमेरिका पहिलो भएको हो।अमेरिकाले ४० स्वर्ण, ४४ रजत र ४२ कास्य गरी कुल १२६ पदक जित्यो। दोस्रो भएको चीनले पनि ४० स्वर्ण नै जित्यो। चीनले २७ रजत र २४ कास्य गरी ९१ पदक हात पार्यो। पेरिस ओलम्पिकको अन्तिम दिन आइतबार अमेरिकाले पुरुष बास्केटबलमा...
२८ साउन काठमाडौं । पेरिस ओलम्पिकमा स्वर्ण पदक जितेका ज्याभ्लिन थ्रो खेलाडी अर्सद नदिमलाई ससुराले उपहार स्वरुप भैँसी दिएका छन् । नदिमले भारतीय खेलाडीलाई पछाडि पार्दै ओलम्पिक कीर्तिमानसहित स्वर्ण पदक जितेका थिए । ओलम्पिकमा पाकिस्तानले व्यक्तिगत स्पर्धामा पहिलोपटक स्वर्ण पदक जितेको हो ।अर्सदका ससुरा मोहम्मद नवाजले भैँसीलाई आफ्नो ग्रामीण समाजमा हार्दिक उपहार...
२८ साउन बाँके । बाँकेको डुडुवा गाउँपालिका–५ स्थित राप्ती नदीको सिधनियाघाटमा शवदाहगृह निर्माण हुने भएको छ । दाहसंस्कार गर्दा हुँदै आएको समस्यालाई मध्यनजर गर्दै नेपालगञ्जस्थित नागरिक समाजका अगुवाका पहलमा गठित वैकुण्ठधाम सिधनियाघाट व्यवस्थापन समितिको अगुवाइमा शवदाहगृह निर्माण हुन लागेको हो । यसका लागि समितिले सिधनियाघाटमा १२ कट्ठा जमिन खरिद गर्न लागेको समितिका...