३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
हसिनाको आरोपमा अमेरिकाले दियो यस्तो प्रतिक्रिया
हसिनाको आरोपमा अमेरिकाले दियो यस्तो प्रतिक्रिया
  • न्युज डेस्क

२९ साउन काठमाडौं । अमेरिकाले बंगलादेशमा शेख हसिनाबाट सत्ता खोस्नुमा आफ्नो भूमिका रहेको आरोपलाई कडाइका साथ अस्वीकार गरेको छ। अमेरिकाले यसलाई हल्ला मात्र भनेको छ ।अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसकी प्रेस सेक्रेटरी करिन जीन पियरेले भनिन्, “यसमा हाम्रो कुनै संलग्नता छैन।यसअघि शेख हसिनाले आफ्नो सरकारको पतनमा अमेरिकाको हात रहेको आरोप लगाएकी थिइन् । हसिनाले सेन्ट मार्टिन टापु अमेरिकालाई नदिएका कारण आफूलाई विस्थापित गरिएको बताएकी थिइन् ।

उनका अनुसार उनले सेन्ट मार्टिन टापु दिएको भए अमेरिका बङ्गालको खाडीमा आफ्नो प्रभुत्व कायम गर्न सक्षम हुने थियो । उनले बंगलादेशी नागरिकलाई कट्टरपन्थीको भ्रममा नपर्न आग्रह गरेकी थिइन् । शेख हसिना हाल भारतमा छिन्।

 

  • २९ श्रावण २०८१, मंगलवार प्रकाशित
  • Nabintech