२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
ब्राजिलमा विमान दुर्घटना ६२ जनाको मृत्यु
ब्राजिलमा विमान दुर्घटना ६२ जनाको मृत्यु
  • न्युज डेस्क

२६ साउन साउ पाओलो । ब्राजिलको साओ पाउलोमा एउटा विमान दुर्घटना हुँदा विमानमा सवार सबै ६१ जनाको मृत्यु भएको छ ।

दुई इन्जिन भएको टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस विमानस्थलतर्फ उडिरहेको बेला भिन्हेडो सहरमा खसेको भोपास एयरलाइन्सले जनाएको छ।सामाजिक सञ्जालमा प्रसारित फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखाइएको छ । यो खस्दै गर्दा अनियन्त्रित भएर घुमिरहेको भिडियोमा देखिएको छ।एटीआर ७२–५०० मा ५७ यात्रु र चालक दलका चार सदस्य सवार थिए । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोकको घोषणा गरेका छन्।विमान आवासीय क्षेत्रमा खसे पनि तर जमिनमा कोही पनि घाइते भएनन्। स्थानीय कन्डोमिनियम कम्प्लेक्समा रहेको एउटा घरमा मात्रै क्षति पुगेको अधिकारीहरूले बताएका छन्।
बीबीसी

  • २६ श्रावण २०८१, शनिबार प्रकाशित
  • Nabintech