२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
सुर्खेतमा पेस्तोल सहित २ जना पक्राउ
सुर्खेतमा पेस्तोल सहित २ जना पक्राउ
  • न्युज डेस्क

२६ साउन सुर्खेत । प्रहरीले सुर्खेतबाट पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाको गुटुबाट पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

पक्राउ पर्नेमा चौकुने गाउँपालिका–७, डाँबका १७ वर्षिय अशोक थापा र वडा नम्वर–६, भाप्रका १८ वर्षिय भिमबहादुर थापा रहेको ईलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको छ ।चौकुने गाउँपालिका–८, विशाल बजारस्थित रङ्गशाला नजिक दुई जना युवाहरुले पेस्तोल बोकी हिडिरहेको भन्ने गोप्य सूचनाको आधारमा उनिहरुलाई पक्राउ गरीएको हो ।

  • २६ श्रावण २०८१, शनिबार प्रकाशित
  • Nabintech