३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
माग्ने बुढाको छोराले पनि फिल्म खेल्दै
माग्ने बुढाको छोराले पनि फिल्म खेल्दै
  • न्युज डेस्क

१९ साउन काठमाडौं । माग्ने बुढाका नामले चर्चित केदार घिमिरेका छोराले पनि फिल्म खेल्ने भएका छन ।

हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’का छोरा आशिषले यो फिल्मबाट डेब्यु गर्ने पक्का भएको छ । आशिषले बाल्यकालमा हाँस्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए ।घिमिरेकी पत्नी सीतादेवी तिमल्सेनाले पनि ‘सानो संसार’बाट फिल्ममा डेब्यु गर्दैछिन् । यो फिल्म दसैं घटस्थापनामा रिलिज हुँदैछ ।‘होस्टेल ३’को कुरा गर्दा, यसमा कलाकार हेना नगरकोटी पनि अनुबन्धित भएकी छन् ।

उनले एक्टर स्टुडियोमा लामो समय नाटक गरेकी छन् भने वेब सिरिज ‘खेल’ र ‘साहु बा’मा पनि अभिनय गरेकी छन् ।
यो फिल्म चलेका कलाकार जन्माउने श्रृंखलाको रुपमा चिनिन्छ । अनमोल केसी, सलोन बस्नेत, प्रकृति श्रेष्ठ, स्वस्तिमा खड्का, सुशील श्रेष्ठ, नजिर हुसेन, सुशील सिटौला लगायतका कलाकार पनि डेब्यु गरेका थिए ।

  • १९ श्रावण २०८१, शनिबार प्रकाशित
  • Nabintech