२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
दाङमा एक व्यक्तिले बियर संगै बोतल फोडेर सिसा पनि खाए
दाङमा एक व्यक्तिले बियर संगै बोतल फोडेर सिसा पनि खाए
  • न्युज डेस्क

साउन २३ दाङ । रक्सि खाएको जोसमा दाङका एक युवाले बियरको बोतलका सिसा खाएपछि गम्भिर घाइते भएका छन ।

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका– ४ खाद्रेका २३ वर्षीय युवकले आफ्नै घरमा मदिरा सेवनपछि बियरको बोतल फोडेर सिसाका टुक्रा खाएको प्रहरीले जनाएको छ ।

मंगलवार बेलुकी साढे ७ बजेतिर सिसाका टुक्रा खाएपछि उनी छटपटाउन थालेका थिए। तत्कालै उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो।तुलसीपुरमा प्रारम्भिक सामान्य उपचारपछि उनलाई बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा रिफर गरिएको थियो।सिसाका टुक्रा निलेका ती युवकको आन्द्रा र पेटमा समस्या देखिएको चिकित्सकहरूले बताएका छन्। बियरका बोतलका सीसा किन खाए भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

  • २३ श्रावण २०८१, बुधबार प्रकाशित
  • Nabintech