जेठ २९ काठमाडौँ । एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको छ । विमानमा चालक दलसहित २४२ यात्रु सवार थिए ।विमान लन्डनतर्फ उडान भर्दै गर्दा टेकअफको क्रममा विमानस्थलको सीमा नजिकै दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल क्याम्पससँगै रहेको एयर कस्टम कार्गो कार्यालय नजिकै विमान दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जानकारी...
२८ जेठ काठमाडौं । प्रहरीले पत्रकार दिलभुषण पाठक विरुद्ध पक्राउ पुर्जि जारी भएको छ ।जिल्ला अदालत काठमाडौंबाट विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर गरेको भन्दै पक्राउ अनुमति मागेको थियो । प्रहरीको साइबर ब्युरो भोटाहिटीले उनीविरुद्ध पक्राउ अनुमति मागेको थियो । सोही अनुमतिका आधारमा जिल्ला अदालत काठमाडौंले मंगलबार पक्राउ पुर्जी जारी गरेको प्रहरी उच्च अधिकारीले...
२६ जेठ जाजरकोट । जाजरकोटका एक युवकलाई चक्कु प्रहार गर्ने काठमान्डौमा पक्राउ परेका छन ।जेठ ६ गते बिहान ८ बजेतिर जाजरकोट कुशे गाउँपालिका वडा नं ५ साँधी विसाउनास्थित एक होटलको आँगनमा कुशे –८ का २१ वर्षीय आनन्द सिंहमाथि चक्कु प्रहार भएको थियो। गाडी समितिको विषयलाई लिएर सिंहमाथि चक्कु प्रहार गरी तीन जना फरार भएका थिए। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरिराम...
२६ जेठ काठमान्डौ । भारतीय सुपरस्टार रजनीकान्त एसियाकै महँगो नायकका रुपमा पारिश्रमिक लिइएको पाइएको छ ।आगामी अगस्ट १४ मा प्रदर्शनमा आउने दक्षिण भारतीय फिल्म ‘कुली’का लागि लिएको पारिश्रिमकले उनी एसियाकै महँगो नायकका रुपमा चर्चामा आएका हुन् ।विभिन्न भारतीय मिडियाहरुले यो फिल्मको लगानी चार सय करोड भारतीय रुपैयाँ रहेको बताएका छन् ।अहिले उनको पारिश्रमिकको विषय पनि...
२५ जेठ बाँके । बाँकेमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्लाको राप्तिसोनारीगाउँपालिका ३ सिट्टा बाँधस्थित बैजापुरतर्फ जाने नहरमा पौडी खेल्ने क्रममा डुबेर नेपालगंज उपमहानगरपालिका ७ रानी तलाउ बस्ने १९ वर्षीय अकमल दर्जीको मृत्यु भएको छ ।
जाजरकोट । जिल्ला ट्राफिक प्रहरी कार्यालय जाजरकोटका अनुसार २०८१ साउन देखि २०८२ बैशाख मसान्तसम्मको अवधिमा २ हजार ४ सय ९ सवारी साधन ट्राफिक नियम उल्लंघनको आरोपमा कारबाहीमा परेका छन्। ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनबाट राज्यले २४ लाख ९१ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ। उक्त अवधिमा जिल्लामा सवारी दुर्घटनाको दर पनि उल्लेख्य देखिएको...
२४ जेठ काठमाडौं । अमेरिकामा एउटा घरमा चारजना नेपाली मृत फेला परेका छन् । भर्जिनियाको मानसास पार्कमा रहेको एक घरमा बिहीबार चारजना मृत फेला परेका हुन् ।मृत फेला पर्नेमा दुई बालबालिका र दुई वयस्क छन् । मृत्यु हुने दुई वर्षीय बालक, आठ वर्षीया बालिका छन् । उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।बाँकी दुईजनामा ३८ वर्षीय सन्तोष परियार र ३६ वर्षीया अञ्जु श्रेष्ठ रहेका समाचारमा...
जाजरकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ स्थित ठुलो भेरी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरीको मृत्यु भएको छ भने दुई बालबालिका बेपत्ता भएका छन् । जाजरकोट जिल्लाको नलगाड नगरपालिका ८ बस्ने टेकबहादुर नेपालीकी १६ वर्षीया छोरी भगवती नेपालीसहित तीन जना बालबालिका आज दिउँसो करिब २: १५ बजेतिर भेरी नदीमा पौडी खेल्ने क्रममा बगेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ...
२३ जेठ बाँके । ९ वर्षिय कुशल बुढाको हत्याको आरोपमा संलग्न अभियुक्तहरूमध्ये ८ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।बाँकेको कोहलपुर नगरपालिका–११ मा भाडामा बस्ने ९ वर्षीय कुशल बुढाको अपहरणपछि निर्मम हत्या गरिएको प्रहरीले जनाएको छ ।पुर्पक्षका लागि कारागार चलान गरिएकाहरूका कुशलकी आमा कोहलपुर नगरपालिका – ११ कुषी चोकमा कोठा भाडामा बस्ने ३१ बर्षीया यशोदा बुढा,...
२२ जेठ बाँके । बाँकेमा भएको सवारी दुर्घटनामा घाइते भएका एकको मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार बुधबार बेलुकी भे ११ प ९७५१ नम्बरको स्कुटरमा श्रीमती गीतादेवी अधिकारीसँगै यात्रा गरिरहेका चिरञ्जीवी अधिकारीको मृत्यु भएको हो।अधिकारीलाई भे १३ प ३२७७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।कोहलपुर नगरपालिका–२ पुष्पनगरका ५७ वर्षीय चिरञ्जीवी अधिकारीको...