२२ जेठ बाँके । बाँकेमा भएको सवारी दुर्घटनामा घाइते भएका एकको मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार बुधबार बेलुकी भे ११ प ९७५१ नम्बरको स्कुटरमा श्रीमती गीतादेवी अधिकारीसँगै यात्रा गरिरहेका चिरञ्जीवी अधिकारीको मृत्यु भएको हो।अधिकारीलाई भे १३ प ३२७७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो।कोहलपुर नगरपालिका–२ पुष्पनगरका ५७ वर्षीय चिरञ्जीवी अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख डिएसपी लक्ष्मी खनालले अधिकारी नेपाल टेलिकम कोहलपुरमा कार्यरत कर्मचारी रहेको जानकारी दिनु भयो ।घाइते श्रीमती गीतादेवीको भने उपचार जारी छ।