२४ जेष्ठ २०८२, शुक्रबार
२४ जेष्ठ २०८२, शुक्रबार
कोहलपुर घटना : ८ जना पुर्पक्षका लागि कारागार चलान
कोहलपुर घटना : ८ जना पुर्पक्षका लागि कारागार चलान
  • न्युज डेस्क

२३ जेठ बाँके । ९ वर्षिय कुशल बुढाको हत्याको आरोपमा संलग्न अभियुक्तहरूमध्ये ८ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।बाँकेको कोहलपुर नगरपालिका–११ मा भाडामा बस्ने ९ वर्षीय कुशल बुढाको अपहरणपछि निर्मम हत्या गरिएको प्रहरीले जनाएको छ ।पुर्पक्षका लागि कारागार चलान गरिएकाहरूका कुशलकी आमा कोहलपुर नगरपालिका – ११ कुषी चोकमा कोठा भाडामा बस्ने ३१ बर्षीया यशोदा बुढा, झट्केलो बाबु– दैलेखको दुल्लु नगरपालिका – १० घर कोहलपुर बस्दै आएका ३३ बर्षीय निरकनाथ योगीसहित अन्य ६ जना छन्।

पुर्पक्षका लागि पठाइएका अन्यहरूमा कोहलपुर–४ गोवा गाउँ गफारपुर टोल बस्ने ४२ वर्षीय रमजान नाँउ, सोही ठाउँ बस्ने ४५ वर्षीय जमिन नाँउ, सोही ठाउँ बस्ने ४३ वर्षीय मोसरिफ नाँउ, ५४ वर्षीय सब्बिर नाँउ, २४ बर्षीय सकिल नाँउ छन्।त्यस्तै, भारतको जिल्ला बहराईच, थाना मोतिपुर गाउँ मिहीपुरुवा घर भई कोहलपुरको मदन चोकमा साइकल बनाउने २४ वर्षीय निजामुद्दिन नाँउ पनि पुर्पक्षका लागि कारागार चलान गरिएका छन्।प्रहरीले पहिलो पटक पक्राउ परेका सबैको नाम सार्वजनिक गरेको हो। यसभन्दा पहिला आमा यशोदा र झट्केलो बाबु निरकको मात्रै प्रहरीले नाम सार्वजनिक गरेको थियो। कुलशका घरका हजुर बुवा र आमाले कर्तव्य गरी नातिको हत्या गरेको भन्दै वैशाख १६ गते प्रहरीमा किटानी जाहेरी दिएका थिए।कुशल बुढाको अपहरण गरी घाँटी रेटेर हत्या भएको अवस्थामा वैशाख १५ गते बेलुका गाडेको अवस्थामा बैजनाथ गाउँपालिका वडा नं ४ नौलापुर खेतको कुलोमा शव फेला परेको थियो। गोठालो गएका स्थानीय शब देखेपछि प्रहरीलाई खबर गरेका थिए।कुशल हत्याका मुख्य योजनाकार एक जनासहित हत्यामा संलग्न अर्का एक जना भने फरार छन्।

  • २४ जेष्ठ २०८२, शुक्रबार प्रकाशित
  • Nabintech